दाङमा दलित समुदायका लागि एक सय ९२ आवास घर बन्दै

16 July, 2019 16:26 | जन सरोकार | comments | 9450 Views

जनता आवास कार्यक्रम अन्र्तगत दाङमा दलित समुदायका लागि १ सय ९२ घर निर्माण हुने भएका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अधिकृत शेरबहादुर केसीका अनुसार जिल्लाका दश स्थानीय तहमा ती घर बन्ने भएका हुन् ।

adsads

तुलसीपुर उपमहानगरपालिकामा ५० र घोराही उपमहानगरपालिकामा ३२, बबई र राजपुर गाउँपालिकामा १७/१७, गढवा, राप्ती, बङगलाचुली, दङ्गीशरणमा १५/१५, शान्तिनगर गाउँपालिकामा १० र लमही नगरपालिकामा छ आवास घर निर्माण गरिने उहाँको भनाइ छ ।

जनता आवास कार्यक्रम अन्तर्गत पाँच सय ५०घर निर्माण हुँदै

सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित आयोगमा सूचिकृत दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा रू तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन् । पहिलो किस्ताको रकम पाउनका लागि घरको जग हाली झ्याल ढोका राख्नुपर्ने हुन्छ । त्यस्तै दोस्रो किस्ता पाउनका लागि घरको चुली हाल्नुपर्ने, तेस्रो किस्ताका लागि टिनको छाना छाउनुपर्ने र चौथो किस्ताका लागि शौचालय निर्माण गरेको हुनुपर्ने अधिकृत केसीले बताउनुभयो । त्यस्तै प्रदेश नं ५ को रोल्पामा २१, रुकुम पूर्वमा पाँच र प्यूठानमा ३५ त्यस्ता घर निर्माण हुने भएका छन् ।

रोल्पाकोे गङ्गादेव गाउँपालिकामा छ, माडी गाउँपालिकामा पाँच, सुनिलस्मृति गाउँपालिकामा पाँच र सुनछहारी गाउँपालिकामा पाँच गरी २१ घर निर्माण हुनेछन् । त्यस्तै रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा पाँच र प्यूठानको सरुमारानी गाउँपालिकामा १७, नौबहिनी गाउँपालिकामा १४ र प्यूठान नगरपालिकामा १४ घर निर्माण हुने भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!