दाङमा सौर्य ऊर्जामार्फत खानेपानी आयोजना सञ्चालन

12 October, 2014 16:16 | अर्थ , मध्य पश्चिमाञ्चल | comments | 42750 Views

दाङ जिल्लाको हलवार गाविसको अति विकट गाउँ खुमखानीमा विदेशी सहयोगमा सौर्य ऊर्जामाफर्त खानेपानी आयोजना सञ्चालन गरिएको छ ।

सो गाविसको वडा नं. ६ मा एक करोड २५ लाख रुपैयाँको लागतमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको खानेपानी आयोजना निर्माण समितिका संयोजक फत्तेबहादुर थापाले जानकारी दिनुभयो । सो आयोजना काजुरीको कार्यालय, ब्रिटिस गोर्खा र नेपाल तल्लो दीप पोखराको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

खोल्साको पानी सङ्कलन गरी करिब ६ किलोमिटरमाथिको खुमखानी बस्तीमा पु¥याइएको संयोजक थापालले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत त्यहाँका ५२ घरधुरीका लागि छवटा धारा सञ्चालनमा ल्याइएका छन् ।

  

धारा सञ्चालनमा आएपछि खुमखानीका बासिन्दा हर्षित भएका छन् । काजुरीले दाङका विभिन्न स्थानमा झोलुङ्गेपुल, सडक र विद्युत् विस्तारमा सहयोग गर्दै आएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More