दाङ बाँके र कपिलवस्तुमा गरी थप चारजना कोरोना संक्रमित भेटिए

22 May, 2020 01:29 | जल/वातावरण/स्वास्थ्य | comments | 15600 Views

बिहिबार साँझ दाङ बाँके र कपिलवस्तुमा गरी थप चारजना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

  

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको हो । संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् । कोरोना संक्रमण पुष्टि भएका पुरूष घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा छन् । उनी यही जेठ ५ गते भारतको दिल्लीबाट आएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More