‘दालभात तरकारी’ मा प्रियंकाले खाईन ‘एन्टीबायोटिक’

26 April, 2019 17:29 | कला/मनोरन्जन | comments | 42750 Views

चलचित्र ‘दालभात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘एन्टीबाइटिक खाउँला’ बोलको गीतमा नायिका प्रियंका कार्कीले बोल्ड नृत्य प्रस्तुत गरेकी छन् ।

adsads

सम्भुजित बाँस्कोटाले संगीत र हरिवंश आर्चायको शब्द रहेको गीतमा मिना निरौलाको स्वर रहेको छ । संगीत संयोजन रिकेश गुरुङको रहेको छ ।

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् ।

मल्टिस्टारर फिल्ममा हरिवंश आर्चाय, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल, जयनन्द लामा, रोविन तामाङ, विल्सन विक्रम राई, मोहितवंश आर्चाय, यमन श्रेष्ठ, डोल्मा लामा लगायत कलाकारको अभिनय रहेको छ ।
फिल्म वैशाख २० गते देखि प्रर्दशन हुँदैछ ।

गीतको भिडियो हेर्नुहोस्ः

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More