‘दाल भात तरकारी’ रिलिज, के साच्चि नै गर्ला त बम्पर व्यापार ?

3 May, 2019 13:50 | कला/मनोरन्जन | comments | 23100 Views

आज शुक्रबारबाट चलचित्र ‘दाल भात तरकारी’ देशभर रिलिज भएको छ । यस फिल्मले मल्टिपेलेक्समा उच्च शो पाएको स्रोतले जनाएको छ ।

adsads

यसैले पनि सोलो रिलिजको अवसर पाएको यो कमेडी सिनेमाले राजधानीका क्युएफएक्स चेनका सिनेमा हलहरुमा पाएको २१ शोमा दर्शकको राम्रो साथ मिल्ने देखिन्छ ।

बहुप्रतिक्षित सिनेमा सोलो रिलिज हुदाँको फाइदा मल्टिपेलेक्स देखि सिंगल हलमा देखिएको छ । वैशाख १३ गते रिलिज भएको हलिउड सिनेमा ‘एभेन्जर्स इण्ड गेम’को दबदबा क्युएफएक्स लगायतका हलमा अझै देखिन्छ । शुक्रबार देखि क्युएफएक्स हलमामा ए मेरो हजुर ३, एभेन्जर्स इण्ड गेम र दालभात तरकारी रिलिज हुँदैछन् ।

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गरेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । मल्टिस्टारर सिनेमामा निरुतासँगै हरिवंश आर्चाय, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, किरण केसी, यमन श्रेष्ठ, बसुन्धरा भुषाल लगायत कलाकारको अभिनय रहेको छ ।

मल्टिपेलेक्को बुकिङ हेर्दा सिनेमाले शुक्रबार र शनिबार बम्पर व्यापार गर्ने देखिन्छ । तर, आइतबारबाट भने सिनेमाले दर्शकबाट पाउने माउथ पब्लीसिटीमा भर पर्नेछ ।

महसञ्जारको प्रस्तुति ‘दाल भात तरकारी’ पोस्टरमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सचिव सरुवा

फेसबुक

सचिव सरुवा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!