दिपिकाको पहिलो डेब्यु हलिउड चलचित्र एक्स एक्स एक्स द रिटर्न अफ जेडर केजको टे«लर सार्वजनिक

18 October, 2016 12:19 | कला/मनोरन्जन , हलिउड | comments | 221700 Views

deepika-padukon

बलिउड नायिका दिपिका पादुकोण र हलिउड नायक डीजल अभिनित वहुप्रतिक्षित चलचित्र एक्स एक्स एक्स द रिटर्न अफ जेडर केजको टे«लर सर्वाजनिक गरीएको छ ।

टे«लरमा दिपिका एक्शनको साथसाथै काटमार गरीरहेको अवस्थामा देखिएकी छन् । यो टे«लर चलचित्रको दोश्रो टे«लर हो यो भन्दा पहिला पनि एउटा टे«लर सार्वजनिक भइसकेको छ ।

  

जुन टे«लरमा दिपिकालाई पछाडी पारिएको थियो । टे«लरमा दिपिकालाई एउटा फाइटर गर्ल र पे्रमिकाको रुपमा देख्न सकिन्छ ।

यो चलचित्रमा हलिउडका चर्चित हस्तीहरु नीना डोबरेब र रुबी रोजले पनि काम गरेका छन् । नीना डोबरेब एक मजाकि टेक्निकल एक्सपर्टको रुपम देखिएकी छन् भने रुबी रोज शुटरको भूमिकामा देखिएकी छन् ।

डीजलले एनएसए एजेंटको भूमिका निर्वाह गरेका छन् भने उनी सैम्युल एल ज्याक्सनको साथमा देखिएका छन् । अमेरिकी निर्देशक डीजे करुसोको यो चलचित्रको स्क्रिप्ट स्का‘ट फ्रैजियरले लेखेका हुन् ।

चलचित्र २० जनवरी २०१७ मा प्रदर्शनमा आउनेछ । यही चलचित्रबाट दिपिकाले आफुलाई पुर्ण रुपमा हलिउडमा प्रवेश गराएकी थिइन् । उनले सर्वाधिक कमाइ गर्ने हलिउड नायिकाहरु मध्य एकमा समेत आफ्नो लेखाइसकेकी छन् ।

दिपिकाको यो चलचित्रले उनको हलिउड करीयरलाई कता लैजानेछ त्यो चलचित्र प्रदर्शनमा आएपछि थाहा हुनेछ ।

भिडियो हेर्न को लागि तलको लिंकमा क्लिक गर्नुहोस :

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More