दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाइने
विश्वका आधा मुलुकले कोभिड–१९ विरुद्धको प्रयोग गर्न नपाइरहेका बेला नेपालले भने आफ्ना सबै नागरिकलाई निःशुल्क खोप अभियान चलाइरहेको छ । यसै क्रममा अब अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले ५५ वर्ष माथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान शुरु गर्न लागेको छ ।
पचपन्न वर्षभन्दा माथिका अनुमानित सङ्ख्या ५१ लाख ६४ हजार २६९ का लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । यो कूल जनसङ्ख्याको १७ प्रतिशत हो । यस समूहलाई दोस्रो चरणमा आगामी जेठ १७ गतेदेखि ५ गतेसम्म खोप लगाउने सरकारको तयारी छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ सरकारका तर्फबाट व्यवस्थापन र समन्वय गर्नेछ भने स्थानीय तहले आफ्ना स्वास्थ्य कार्यालय र जनशक्तिलाई परिचालन गर्नेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताउँदै विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेको स्थितिमा नेपालमा पहिलो प्राथमिकता प्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकता प्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको जनाउनुभएको छ ।
नयाँ चरणमा मुलुकभरका सबै (सरकारी तथा निजी) स्वास्थ्य संस्था र १६ हजार क्लिनिकलाई परिचालन गरिने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो । उहाँले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाई घरमै पुगेर लगाउने तयारी भएको बताउनुभयो । पहिलो र दोस्रो प्राथमिकता प्राप्त समूह गरी कूल जनसङ्ख्यामा २० प्रतिशतलाई खोप उपलब्ध गराउने सरकारले घोषणा गरेको थियो ।
सरकारले महामारीविरुद्ध अग्रपङ्गतिमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई पहिलो प्राथमिकता प्राप्त समूहको पहिलो चरणमा कूल जनसङ्ख्याको तीन प्रतिशत (नौ लाख ११ हजार ३४२) लार्ई ध्यानमा राखी गत माघ १४ देखि २४ सम्म सञ्चालन गरेको थियो । स्वास्थ्यकर्मी आदिलाई लक्ष्य गरी सञ्चालित पहिलो प्राथमिकताप्राप्त समूहका लागि आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो चरणमा खोप लगाइनेछ । यो चरणमा उमेरका कारणले पनि योग्य भएकाले प्रधानमन्त्री, मन्त्रीहरुलगायत उच्चपदस्थले पनि खोप लगाएर यो खोप सुरक्षित छ र लगाउनु पर्छ भन्ने सन्देश दिलाउने सरकारको तयारी छ ।
पहिलो प्राथमिकता प्राप्त समूहको पहिलो चरणमा पाँच लाख सात हजार ६०६ लाई लक्ष्य गरिएकामा चार लाख २९ हजार ७०५ अर्थात ८४ दशमलव ६५ प्रतिशले खोप लगाएका छन् । यही फागुन १० गतेसम्मको विवरणमा यो कूल जनसङ्ख्याको एक दशमलव चार प्रतिशत हो । खोप लगाउने नागरिकको यो सङ्ख्या उत्साहप्रद रहेको मन्त्रालयको विश्लेषण छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनिका नामको बायोफर्माक्युटिकल इन्स्टिच्युटबाट कोभिशिल्ड खोप नेपालमा आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले गत माघ २ मा स्वीकृति दिएको थियो । हालसम्म नेपालले अन्य कुनै कम्पनीको खोप प्रयोगका लागि स्वीकृति दिएको छैन । शून्य दशमलव एमएल मात्राको यो खोप नेपालमा भण्डार गर्न सहज हुने भएको र ७१ प्रतिशत रहेको मानिएको छ । यो बायाँ पाखुराको माथिल्लो भागमा लगाइन्छ । यो खोप कम्तीमा आठ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्छ ।
\
तपाईंको प्रतिकृया
ताजा समाचार
- सुदूरपश्चिम प्रदेश उच्च जोखिममा, भारतबाट फर्कने १० प्रतिशत संक्रमित
- आदिवासी जनजाति महासंघ चिवा संयोजकमा अमृत लामा चयन
- आइतबार थप तीनसय ६७ मा कोभिड–१९
- सीमा नाकामा संक्रमण रोकथामको प्रभावकारी सयन्त्र नहुँदा बढ्दो जोखिम
- शिवपुरीको डँढेलो निभाउन हेलिकोप्टरको प्रयोग : अपेक्षाकृत समयमै नियन्त्रणमा लिइयो
- महामारीबीच वसन्त यामको हिमाल आरोहण : व्यवसायी उत्साहित
- उकालो लाग्यो कोरोनाको ग्राफ- छैन मापदण्ड पालना
- आयोजना खुलेको तीन दशक पुग्नलाग्दा पनि भएन वाग्मती ढलमुक्त
- महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना रोक्न सबै लाग्नुपर्छ : नेता सिंह
- नयाँ बसपार्कको होटलमा युवाको शव, संगै बसेका दुईजना पक्राउ
- ‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ
- विधिको पालना र छलफलले मात्र पार्टीमा निकास निस्किन्छ : नेता नेपाल
- के हुँदैछ भारतमा ? एकै दिन एक लाख ५३ हजार सङ्क्रमित
- गल्ति उनका न मेरा समयको खेल थियो हजुर
- नयाँ वर्षका दिन चार सय ५२ जनालाई विभूषित गरिँदै
- बिस्केट जात्रा- मध्यरातमा ढुंगा हानाहान, १९ जना घाइते
- बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
- सुनचाँदी लुटेपछि आधारातमा व्यवसायीको गोली हानी हत्या, दुईजना पक्राउ
- आज घोडेजात्रा, यस्तो छ मनाउनुको कारण र इतिहास
- गर्मी बढ्यो, कोरोनासंगै अन्य संक्रामक रोगको जोखिम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


