दुआथलननमा नेपाललाई स्वर्ण र रजत- महिला भलिबलमा रजत

4 December, 2019 00:30 |खेल | comments | 2850 Views

    १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा मंगलबार भएको दुआथलनको खेलबाट नेपाललाई एक स्वर्ण प्राप्त भएको छ । निर्धारित दुरीमा नेपालका हिमाल टमाटाले ५७ मिनेट ३३ सेकेण्डमा पार गरि पुरुष तर्फको दुआथलनमा स्वर्ण पदक हासिल गरेका हुन् ।

    adsads

    त्यसैगरी पुरुषतर्फको रजत पदक पनि नेपालले जितेको छ । लक्ष्मण मल्लले निर्धारित दुरी ५९ मिनेट १३ सेकेण्डमा पार गर्दै रजत पदक हासिल गरेका हुन् । त्यसैगरि ५९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै श्रीलंकाका आशिथ पेरेराले कास्य पदकमा चित्त बुझाउन पर्‍यो ।

    मंगलबारनै भएको महिलातर्फको स्प्रिन्ट विधाको दुआथलनमा श्रीलंकाले स्वर्ण र कास्य पदक प्राप्त गरेको थियो भने नेपालले रजत पदक हासिल गरेको थियो । श्रीलंकाकी एरेङ्गा दुलाक्सीले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५८ सेकेण्डमा पार गर्दै स्वर्ण पदक हासिल गरिन् । १ घण्टा ८ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै नेपालकी हुमी बुढा मगरले रजत पदक जितिन् । त्यसैगरि श्रीलंकाकै उदय कुमारीले १ घण्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक हात पारिन् ।

    यो सँगै नेपालले ट्रायथोलनका विभिन्न विधामा दुई स्वर्ण, दुई रजत र एक कास्य आफ्नो पक्षमा पारिसकेको छ । मंगलबार भएको दुआथलनका लागि पुरुष तथा महिला तर्फका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साईकिलिङ र २=५ किलोमिटर दौडको दुरी तय गरिएको थियो ।

    पुरुषमा आशा गरे अनुसारनै नतिजा आएको बताउँदै ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सिलवालले महिला खेलाडीमा केही कमजोर देखिएको स्वीकार्छन् । उनी भन्छन्– ‘हामीले चाहेको र मागेको सामान परिषद्बाट समयमा आएन । समयमा पाएको भए स्वर्ण थप्न सकिन्थ्यो ।’ बुधबार हुने मिक्स टिम रिलेमा स्वर्ण पदक आउने प्रशिक्षक सिलवाल बताउँछन् ।

    नेपालका लागि स्वर्ण पदक जिते पश्चात हिमाल टमाटाले स्वर्ण कुनै पनि हालतमा जित्ने भनेर सहभागि रहेको बताए । ५ वर्षदेखि निरन्तर दुआथलनमा लागेका टमाटा भन्छन्– ‘एउटा सपना पुरा भयो । अवको सपना एसिएन खेलमा स्वर्ण पदक जित्ने हो ।’

    पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागि रजत पदक विजेता हुमी बुढा मगर खेलमा आवश्यक पर्ने सामानहरु समयमै उपलब्ध भएको भए सायद स्वर्ण जित्न सक्ने बताईन् ।

    बुधबार १ स्वर्णका लागि नेपाल, भारत र श्रीलंकाका खेलाडीहरु मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एकरएक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २।५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

    खेलाडीलाई पुरस्कार घोषणा
    गण्डकी प्रदेशका साँसद एवं नेपाल ट्राईयाथलन संघका उपाध्यक्ष दीपक कोईरालाले पनि खेलाडीका लागि पुरस्कार रासी घोषणा गरेका छन् । कोईराला र बाराही फाउन्डेशनका अध्यक्षले ट्राईयाथलनमा स्वर्ण प्राप्त गर्नेलाई नगद २५ हजार, रजतलाई १५ हजार र १० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।पुरुषतर्फको स्प्रिन्ट बिधा अन्तरगतको दुआथलनमा नेपाललाई स्वर्ण पदक प्राप्त भएको हो ।

    महिला भलिबलमा नेपाललाई रजत
    तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएपछि रजत पदकमै सिमित भएको छ । नेपाल भारतसँग फाइनलमा ३–२ ले पराजित भएको हो ।

    त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपालले पहिलो सेट १७–२५ अङ्कले गुमायो । नेपालले लगातार दोस्रो र तेस्रो सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो । नेपालले दोस्रो सेट २५–२४ अङ्कले तथा तेस्रो सेट २५–२१ अङ्कले जितेको हो । चौथो सेट नेपालले २०÷२५ अङ्कले गुमायो । अन्तिम सेट एकतर्फी रुपमा भारतलाई सुम्पिए पछि नेपाल इतिहास रच्नबाट चुक्यो । भारतले उक्त सेट १५÷६ अङ्कले जित्यो ।

    नेपालले सागमा महिला भलिबलमा रजत पदक हात पारेको पहिलो पटक हो । यसअघि नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य मात्रै जितेको थियो । भारतले आजै सम्पन्न सागअन्तर्गतको पुरुष भलिबलमा पाकिस्तानलाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More