दुइ जना नायिकाको कारण बिग्रियो मेरो करीयर : रणवीर कपुर

7 November, 2016 13:04 |कला/मनोरन्जन , वलिउड | comments | 18450 Views

    ranbeer-kapoor

    हाल बलिउड अभिनेता रणवीर कपुर अभिनित ’ऐ दिल है मुश्किल’ प्रदर्शन भइरहेको छ । चलचित्रले दर्शक तथा समिक्षकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ भने चलचित्रको वक्सअफिस कारोबार उत्साहजनक देखिएको छ ।

    adsads
    उनै रणविरले एक टिभी कार्यक्रमका दौरान सबैलाई आश्चर्यमा पार्ने बयान दिएका छन् ।

    उनको सो भनाइ उनका दुई पूर्व प्रेमिका दीपिका पादुकोण एवम् क्याटरिना कैफप्रति लक्षित थियो ।’मेरो दुर्भाग्य भनौ मैले जुन किसिमका फिल्म गरे र दुई अभिनेत्री जोसँग मेरो नाम जोडियो त्यसले गर्दा मेरो छवि प्ले व्वाई तथा सिरियल डेटरको बनेको छ । केहि हदसम्म यो सहि हो’, रणवीरले भने।

    रणवीरले दिएको यो प्रतिक्रियालाई धेरैले चलचित्र छनोटमा रणवीरबाट गल्ती भएको स्वीकार्यता र दीपिका र क्याटरिनाको कारण बदनाम भएको तर्फ ईसारा भएको बताएका छन् ।

    पछिल्लो समयमा रणवीरले काम गरेका चलचित्रले उनको अभिनयका लागि तारिफ बटुले पनि वक्सअफिसमा भने असफल भएका छन् । ए दील हे मुश्किलले रणवीरको करीयरलाई कहाँ पुर्याउछ त्यो आगामी दिनहरुमा थाहा भइहाल्छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!