दुई छिमेकी देशमा अशान्त हुँदा ‘तपाईं ढुक्कले निदाउन सक्नुहुन्न’ : परराष्ट्रमन्त्री ज्ञवाली

21 July, 2019 23:06 |राजनीति | comments | 16200 Views

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर आर्थिक विकासतर्फ अघि बढ्ने नीति अवलम्बन गरेको बताउनुभएको छ । प्रवासको चौतारी नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको परराष्ट्रनीति–अर्थतन्त्रमा श्रम, समाज र संस्कृति’ विषयको विचारगोष्ठीमा उहाँले चीन र भारतजस्ता विकसित देशको बीचमा रहेर नेपाल सधैँ अविकसित रहन नसक्ने बताउनुभयो ।

    adsads

    यी दुवै देशलाई छिमेकी अशान्त हुँदा नेपालले ‘तपाईं ढुक्कले निदाउन सक्नुहुन्न’ भन्दै आएको पनि उहाँले बताउनुभयो । नेपालले आफूसँग भएको ‘सफ्ट पावर’(बौद्धदर्शन, योग आदि) को प्रयोग गर्नुपर्नेमा उहाँको जोड थियो । नेपालको परराष्ट्र नीति सबैसँग मित्रता, सबैसँग स्वीकार्यता र सबैसँग आत्मीयता’ का आधारमा अघि बढेको उहाँको भनाइ थियो । नेपाल विगतदेखि नै स्वतन्त्र, तटस्थ र असंलग्न राष्ट्रका रुपमा पहिचान बनाउँदै आएको र अहिलेसम्म पनि त्यसलाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।

    नेपाल विगतदेखि नै कुनै पनि ‘एलायन्स’ मा संलग्न नभएको र त्यसैका आधारमा पहिचान बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीले त्यहाँ पुगेर पनि इमान्दार, मिहिनेती र अहिले आएर रचनात्मक भएर पनि चिनिएका छन् ।”

    अर्काे प्रसङ्गमा उहाँले वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउने र देशभित्रै रोजगारीको सिर्जना गर्ने दुवै कुरा सरकारको प्राथमिकतामा रहेको औँल्याउनुभयो । वैदेशिक रोजगारीमा सकेसम्म दक्ष नसके कम्तीमा अर्धदक्ष कामदार पठाउने सरकारको योजना रहेको उहाँले बताउनुभयो । देशमा रोजगारी बढाउन वैदेशिक लगानीका लागि सरकारले आह्वान गरिरहेको उहाँको भनाइ थियो ।

    हामीसँग भएका फरक कुरा विश्वलाई चिनाउनुपर्नेमा मन्त्री ज्ञवालीको जोड छ । महिला सहभागिताका हिसाबले नेपाल विश्वमा उत्कृष्ट देशमध्ये पर्ने कुरा होस् वा मृत्युदण्डको व्यवस्था नभएर अपराधीलाई सुधार गर्न सकिन्छ भन्ने कुरा नेपालले अरूलाई सुनाउन सक्ने विषय भएको उहाँले औंल्याउनुभयो । उहाँले भन्नुभयो, “हामीले गरेको राजनीतिक परिवर्तन पनि हामीले विश्वसामु सुनाउन सक्छौँ ।”

    गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक गोपाल खनालले नेपालले बोलेको विश्वका धेरै देशहरुले सुन्न थाल्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो । अर्थविद् पारस खरेलले अहिलेसम्म कति नेपाली प्रवासमा कार्यरत छन् भन्ने समेतको तथ्याङ्क सरकारसँग नभएको बताउनुभयो ।

    संस्थाका महासचिव गणेश पाठकले संस्थाले विगतदेखि नै श्रम र रोजगारीका विषयमा छलफल गर्दै आएको बताउनुभयो । कार्यक्रममा अर्थविद्, सञ्चारविद्, परराष्ट्रविद्, चलचित्रकर्मी, पत्रकारलगायत सहभागी थिए ।

    परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिले गरे मृत्यु पश्चात अंगदान

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More