दुई ट्रक एक आपसमा ठोक्किंदा १२ जना घाइते

5 May, 2019 00:25 | जन सरोकार | comments | 12000 Views

मकवानपुरको मनहरीमा सवारी दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मनहरी गाउँपालिका वडा नं ९ स्थित सडकमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

adsads

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सागरविक्रम राणाका अनुसार बिहान ९ बजे ३ वटा ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।उहाँका अनुसार हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख ३३७४ नंको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आइरहेको ना४ख ११९२ नंको ट्रक आपसमा ठोक्किएको हो ।

दुई ट्रक ठोक्किएपछि नारायणगढतर्फबाटै आइरहेको ना६ख ९९०७ नंको तेस्रो ट्रक पनि ठोक्किएको थियो । दुर्घटनामा परी घाइते हुनेमा कपिलवस्तुका १७ वर्षीय दीपक सुनुवार, हेटौँडा कमानेकी १६ वर्षीया पुजा मोक्तान, हेटौँडा–३ बस्ने २० वर्षीया शीला राई, मनहरी–६ बस्ने २८ वर्षीया धनमाया राई, धादिङ बस्ने २० वर्षीय सन्तोष विडारी, मनहरी–६ बस्ने २४ वर्षीया कमला तामाङ, सोही स्थान बस्ने क्रमशः ३५ वर्षीया कृष्णमाया राई, २५ वर्षीया निर्मला राई, २५ वर्षीय दिनमाया राई र पाँच वर्षीय सनिल राई रहेका छन् ।

त्यसैगरी ना६ख ३३७४ नंको ट्रक चालक रौतहट जिल्ला बस्ने २७ वर्षीय उमेश भुजेल र ना६ख ९७०७ नंको ट्रक चालक दाङ बस्ने ३५ वर्षीय सरोज चौधरी पनि घाइते भएका छन् । प्रहरीका अनुसार ना४ख १९९२ नंका ट्रक चालक भने फरार रहेका छन् । घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो ।

कार र ट्रक ठक्कर खाँदा १० जनाको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खानेपानीमन्त्री बीना मगर

फेसबुक

खानेपानीमन्त्री बीना मगर

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!