विमानस्थल विमानस्थल

  • विमानस्थल
  • विमानस्थल
  • विमानस्थल
  • विमानस्थल
  • विमानस्थल

दुई दिनमा ५० प्रतिशत टिकट बुकिङ- भाडा नबढ्ने पूर्ण क्षमतामा उडान

20 September, 2020 12:34 | कर्पोरेट/पर्यटन | comments | 12900 Views

विमानस्थल

भदौ ५ गतेदेखि झण्डै आधा वर्षदेखि बन्द भएको आन्तरिक हवाइ उडान सुरु हुँदैछ । यसका लागि वायुसेवा कम्पनीहरुले पूर्ण तयारी गरिसकेका छन् भने असोज २ गतेदेखि खुला गरेको टिकट बुकिङले उनीहरुमा थप उत्साह जगाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गरिएको बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडान असोज ५ गतेदेखि सुरु गर्ने सरकारको निर्णयपछि कम्पनीहरुले स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालनको तयारी पूर्णरुपमा गरिसकेका छन् ।

  

एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि भाडा पनि नबढ्ने जनाइएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ । शुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शतप्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी ५ असोजदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् । शुरुमा आन्तरिक उडानका जहाजले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएको थियो । व्यवसायीले विरोध जनाएपछि शतप्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो ।

आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रबारदेखि बुकिङ खुलिसकेको र अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको बताइएको छ ।

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले शुरुआती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको बताउनुभयो । शुरुआती चरणमा बुकिङ उत्साहजनक छ, यात्रुको माग र बजारको आवश्यकताका आधारमा उडान बढाइने उहाँले बताउनुभएको छ ।

छिट्टै उडान सङ्ख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् । नियमित उडानको सम्पूर्ण व्यावसायिक तयारी गरेको बुद्ध एयरले पहिलो साता २० देखि २२ उडान गर्नेछ । बुद्धले आफ्ना सबै गन्तव्यमा उडान भर्ने जनाएको छ । बुकिङ उत्साहजनक रहेको र यात्रुको मागअनुरुप उडान सङ्ख्या बढाउँदै लगिने कम्पनीले जनाएको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले कम्पनीका तर्फबाट आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।

उहाँका अनुसार यती एयरलाइन्सको अहिले ५० प्रतिशत बुकिङ भइसकेको छ । शुरुमा करीब दैनिक १० उडान हुनेछ । अहिलेलाई विराटनगर, पोखरा र चितवनमा दैनिक दुई तथा अन्य गन्तव्यमा एक–एक उडान गरिनेछ । सामान्यको तुलनामा २५ प्रतिशत मात्रै उडान गर्न भनेकाले कम उडान सङ्ख्या निर्धारण गरिए पनि क्रमशः यात्रुको मागअनुरुप उडान बढाउँदै लगिने प्रवक्ता बर्तौलाले उल्लेख गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
विमानस्थल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More