दुई दिन उपत्यका बाहिर जान दिने सरकारको निर्णय उल्टियो

9 April, 2020 21:53 | राजनीति | comments | 38100 Views

सकारले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकाहरुलाई उपत्यका बाहिरकालाई शुक्रबार र शनिबार आआफ्नो जिल्ला जान दिने निर्णय गरे पनि अन्ततः सो निर्णय फिर्ता लिएको छ । सरकारले उपत्यका बाहिर जान दिने तर उपत्यका भित्रन नदिने निर्णय गरेपछि यसको बिरोध भएको थियो ।

बिहिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई बाहिर जान दिने निर्णय गर्दै आवश्यक गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो । तर प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टामै फिर्ता लिनुपरेको थियो ।

  

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गर्नुभएका थियो । उहाँले सामाजिक सञ्जामा लकडाउन भनेको लकडाउन नै हो जान पाइने आउन नपाइने भन्ने हुँदैन भन्दै संघीय सरको यस्तो अपरिपक्व निर्णय गरेको भन्ने आफूलाई पत्यार नलागेको बताउनुभएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयले पनि भोलि र पर्सी नै पठाउन सम्भव नभएको राय दिएपछि अहिलेलाई यो सम्भव भएन भन्नुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More