दुई प्रहरी कार्यालयका नवनिर्मित भवन उद्‌घाटन

19 November, 2019 16:17 |जन सरोकार | comments | 3900 Views

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले गोरखास्थित ईलाका प्रहरी कार्यालय हर्मी र प्रहरी चौकी रातमाटेको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रमवीच उद्घा्टन गर्नुभयो ।

    सिरानचोक गाउँपालिका ३ मा निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय हर्मी र पालुङटार नगरपालिका ९ रातमाटेस्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी रातमाटेको नवनिर्मित भवनको प्रहरी नायव महानिरीक्षक घिमिरेले उद्घााटन गर्नुभएको हो ।

    adsads

    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले नेपाल प्रहरी समुदाय(प्रहरी साझेदारी कार्यक्रमका माध्यमबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु लिई समाजका विकृति विसंगति न्यूनिकरणका लागि जनताको समिपमा पुगेको बताउँदै कार्यक्रमलाई सफल पार्न सम्पूर्ण सरोकारवाला निकायहरुको साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो । नवनिर्मित कार्यालय भवनसँगै थप विशिष्टताकासाथ जनलक्षित प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।

    कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले धन्यवाद ज्ञापन गर्दै भौतिक पूर्वाधारको पर्याप्तताले प्रहरी सेवा प्रवाहमा थप चुस्तता प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले भौतिक स्रोत साधनको सम्पन्नताले प्रहरी सेवा प्रवाहमा थप उर्जा थप्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

    भवन निर्माण कार्यमा सहयोग गर्ने साथै जग्गा उपलब्ध गराउनुहुने महानुभाव र प्रहरी कर्मचारीहरुलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक निरञ्जन कुमारले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    भौतिक पूर्वाधारहरुमा आत्मनिर्भर हुँदै जनस्तरमा समर्पित तथा गुणस्तरीय सेवा दिने नेपाल प्रहरीको उद्देश्य अनुरुप उक्त भवन निर्माण गरिएको हो । नेपाल प्रहरीका भौतिक संरचनाहरुको पूनस्निर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पूनस्निर्माण प्राधिकरण कोषबीच सम्झौता भई आरसिसि फ्रेम स्ट्रकचरमा निर्माण सम्पन्न भएका उक्त भवनमा कार्यालय, व्यारेक र मेश प्रयोजनका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख, उप(प्रमुख लगायत अन्य जनप्रतिनिधिहरु, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी, स्थानीय बासिन्दा लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More