दुई महीनामै आरोहणबाट ५० करोड ‘रोयल्टी’

1 May, 2019 01:05 | अर्थ | comments | 16500 Views

यस वर्षको हिमाल आरोहणबाट अघिल्लो वर्ष (सन् २०१८ को) वसन्त ऋतुको तुलनामा रोयल्टी रकम बढी जम्मा भएको छ । अघिल्लो याममा सगरमाथासहितका हिमाल आरोहणबाट रु ४६ करोडभन्दा बढी रोयल्टी उठेको थियो भने यस वर्ष हालसम्मको अवधिमै ४८ करोडभन्दा बढी रोयल्टी जम्मा भइसकेको छ ।

adsads

ारका आरोहीको उत्कृष्ट रोजाइमा सगरमाथासहितका हिमाल पर्छन् । त्यसैले हरेक वर्ष विभिन्न मुलुकका आरोही उल्लेख्य सङ्ख्यामा आरोहणका लागि नेपाल आउने गर्छन् । पर्वतारोहणका लागि आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये नेपालमा आठ हिमाल पर्दछन् ।

सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले रु ७५ हजार रोयल्टी बुझाउनुपर्छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल एक हजार ३०० भन्दा बढी रहेको बताइन्छ ।

पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३७७ आरोही छन् । यीमध्ये ३४ विदेशी आरोही समूहका ३६४ सदस्य तथा पाँच वटा नेपाली आरोही समूहका १३ आरोही सगरमाथा आरोहणमा निस्किएका छन् ।

सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए जसमा ३४ विदेशी र चार नेपाली समूह थिए । सगरमाथासहितका हिमाल आरोहणबाट झण्डै रु ५० करोड रोयल्टी जम्मा भएको विभागले जनाएको छ । विभागको विवरणमा रु ४८ करोड ७४ लाख १९ हजार ६६२ रोयल्टी सङ्कलन भएको छ । यसमा सगरमाथाको थप एक समूहसहितका साना हिमालको हिसाब जोड्न बाँकी छ । आजसम्मको हिमाल आरोहण अनुमति लिनेबाट ५० करोड राजश्व जम्मा हुने विभागका रामेश्वर निरौलाले बताउनुभयो । यो रकममध्ये सबैभन्दा धेरै सगरमाथाबाट रु ४३ करोड ५२ लाख ५५ हजार ९१२ रोयल्टी जम्मा भएको छ ।

त्यसैगरी ल्होत्सेका लागि १० आरोही समूहका ९२, अमादब्लमका पाँच समूहका ४९, कञ्चनजङ्गमा पाँच आरोही समूहका ३२ र मकालुमा चार आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणलाई तीन तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।

पर्यटन विभागका अनुसार धेरै आरोही सगरमाथाको आधार शिविरभन्दा माथिततिर लागिसकेका छन् । विभागका महानिर्देशक डण्डुराज घिमिरेले आरोहण अनुमति लिएका सबैजसो आरोही सगरमाथा आधार शिविर र केही क्याम्प दुई र तीनसम्म पुगिसकेको जानकारी दिनुभयो । “यस पटकको सगरमाथा आरोहण पनि उत्साहजनक हुने देखिएको छ । अहिले केही आरोही क्याम्प तीनतिर पुगिसकेका छन् भने कतिपय आधार शिविरमा छन् ”, महानिर्देशक घिमिरेले भन्नुभयो ।

यस यामको सगरमाथा आरोहणका लागि सात हजार ३०० मिटर उचाइसम्म बाटो बनाइएको छ । एक्सिपिडिसन अप्रेटर एशोसिएशनबाट खटिएका शेर्पा समूहले सगरमाथाको क्याम्प दुईदेखि समिटसम्मको बाटो बनाउने र चुुचुरोमा डोरी टाँग्ने जिम्मेवारी पाएको छ ।

सगरमाथा आरोहणमा गएका आरोही क्याम्प तीनसम्म पुगेका सगरमाथाको आधार शिविरमा रहनुभएका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
नेपाललाई विश्वमा पहिचान गराउने साहसिक पर्यटनको महत्वपूर्ण आधार पर्वतारोहणलाई लिइन्छ । यतिखेर विभिन्न ४८ मुलुकका करीब ५०० आरोही हिमाल आरोहणका लागि आएका छन् । सगरमाथा आरोहणमा सबैभन्दा बढी ४०० को हाराहारीमा विदेशी छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतबाट आरोही आएका छन् । त्यस्तै, जापान, लेवनान, नर्वे, क्यानाडा, ब्राजिल, अर्जेन्टिनालगायत मुलुकबाट पनि सगरमाथा आरोहणका लागि आएका छन् ।

योसँगै यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आरोहण अनुमति लिने काम सकिएको छ । सगरमाथासहितका आठ हजार मिटरभन्दा अग्ला हिमालको अनुमति दिने काम बन्द भइसकेको विभागको पर्वतारोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिनुभयो । उहाँले साना हिमाल तथा चुली आरोहणका लागि अझै फाट्ट फुट्ट आरोही आउनसक्ने उल्लेख गर्नुभयो ।

हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले पाए अनुमति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!