दुई लाख घुससहित खानेपानीका कर्मचारी पक्राउ

21 February, 2020 20:03 | जन सरोकार | comments | 29400 Views

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगङ्गा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्राविधिक केसीले सो नगरपालिकको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

  

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित बिहीबार पक्राउ गरिएको भए पनि अनुसन्धान बाँकी रहेकाले आज सार्वजनिक गरिएको हो । आयोगका प्रवक्ता कोइरालाका अनुसार केसीलाई वडा नं १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More