दूध र मासु दूध र मासु

  • दूध र मासु
  • दूध र मासु
  • दूध र मासु
  • दूध र मासु
  • दूध र मासु
  • दूध र मासु

दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर होइने

8 August, 2017 08:42 | जन सरोकार | comments | 203550 Views

दूध र मासु

पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुले दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्न बढीभन्दा बढी मेहनत गर्नुपर्ने बताउनुभएको छ ।

‘व्यावसायिक पशुपालनमा उत्पादन वृद्धि, पारिवारिक पोषण, रोजगारी र समृद्धि’ नाराका साथ क्षेत्रीय पशु सेवा निर्देशनालय मध्यपश्चिम सुर्खेतको आयोजनामा आजदेखि नेपालगन्जमा सुरु भएको आव २०७३/७४ को तेस्रो चौमासिक तथा वार्षिकक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले पूर्वाञ्चल दूधमा आत्मनिर्भर भइसकेको र मासुमा पनि आत्मनिर्भर हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

adsads

“मध्यपश्चिम क्षेत्रमा पनि मासुमा प्रगति हुने क्रम अगाडि बढे पनि दूध र अण्डामा अझै बढी प्रगति गर्न आवश्यक छ”, मन्त्री थारुले भन्नुभयो ।” मन्त्री थारुले मध्यपश्चिममा मासु, दुग्धजन्य पदार्थ र अण्डा उत्पादनका लागि राम्रो सम्भावना रहेकाले यसको वृद्धि विकासका लागि सबैले मेहनत गर्नुपर्ने बताउनुभयो ।

मंगलबारसम्म चल्ने गोष्ठीमा मध्यपश्चिम क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक किसनलाल भट्टले आव २०७३/०७४ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीमा मध्यपश्चिमका बाँके, बर्दिया, दाङ, सुर्खेत, प्यूठानलगायत १५ जिल्लामा सञ्चालन भइरहेका कार्यक्रम र तिनका प्रगति, समस्या र चुनौतीका बारेमा छलफल भएको थियो ।

नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दूध र मासु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बिपी कोइराला

फेसबुक

बिपी कोइराला

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!