दुबईमा सडक दुर्घटनादुबईमा सडक दुर्घटना

  • दुबईमा सडक दुर्घटना
  • दुबईमा सडक दुर्घटना
  • दुबईमा सडक दुर्घटना
  • दुबईमा सडक दुर्घटना
  • दुबईमा सडक दुर्घटना
  • दुबईमा सडक दुर्घटना

दुबईमा सडक दुर्घटनामा परी छ जना नेपालीको मृत्यु

3 October, 2019 12:45 |प्रबास | comments | 4050 Views

    दुबईमा सडक दुर्घटना

    दुबईमा एक मिनिबस लरीसँग ठोक्किंदा छ जना नेपाली सहित आठ जनाको मृत्यु भएको छ । मृत्यु हुने अरु दुई जनामा एक भारतीय र एक पाकिस्तानी नागरिक रहेका छन् ।

    adsads

    गत सोमबार स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको रहेको नेपाली दूतावासले जनाएको छ।

    मृतक मध्ये दानबहादुरको परिवारलाई भने कम्पनीले जानकारी गराएको र अरुहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी रहेको दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताए। दुर्घटनामा परी छ जना घाइते भएका छन् जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको दुबईको रसिद अस्पतालमा उपचार भइरहेको छ ।

    वैदेशिक रोजगारीको क्रममा छ महिनामै ४६१ नेपालीको मृत्यु

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    दुबईमा सडक दुर्घटना

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!