देशको माटो लाई माया नमार्नुस : उदय-मनिला

28 April, 2013 18:53 | अन्तरवार्ता , कला/मनोरन्जन | comments | 282300 Views

नेपालका चर्चित गायक- गायिका युगल जोड़ी उदय- मनिला सोतांग पर्बत रानिबारीका एकै परिबारका 3  अपांग  दाजुभाईको सहयोगार्थ  टोकियो र ओसाकामा हिमालयन साँझमा  प्रस्तुति दिन जापान  आउदै गर्दा उनै बहु- चर्चित जोड़ी उदय र मनिला सग नेपालजापान डट कमले गरेको बिशेष कुराकानी :

 

›दाई दीदी जापान जादै हुनु हुन्छ , बिशेष गरी के को लागी जापान जादै हुनु हुन्छ , बताईदिनुस न ?

  

हामी बिशेष गरी परिबारको लागी जादै छौ । पर्बत जिल्लाको रानिबारीको एउटा परिबारका ३ जना छोराहरु अपांग छन ,उनिहरुको सहयोगको लागी उनिहरुको च्यारिटीको लागी जादै छौ ।

 

हिमालयन सांझ भनेर राखिएको छ कार्यक्रमको नाम,तपाईहरुको उपस्थिती हुन्छ त्यहा , कलाकार भैसके पछि समाजसेबामा पनी सक्रिय हुन्छन भन्ने कुरा यो च्यारिटीमा   उपस्थित भएर उदय र मनिलाले प्रमाणित गर्दै छन, के भन्नु हुन्छ तपाईहरु ?

 ख़ास गरी मैले कहिले पनी रेडियो पत्र-पत्रिका ,टेलिभिजन लाई नभनी नै यस्ता कार्यक्रमहरु गर्दै आएका हौं , तर यसपटक तपाईले थाहा पाई हाल्नु… भो हा हा हा ..

 

तपाईहरुको कार्यक्रम ओसाका ३ मे र टोकियोमा ५ मे गरी दुईओटा स्थानमा गर्दै हुनुहुन्छ , त्यहाँ उदय र मनिलाको प्रस्तुती कस्तो हुने छ ?

अ, हाम्रो प्रस्तुति अरुको तुलनामा अली फरक हुन्छ होला किनभने हामीले हाम्रा दर्शकको रोजाईलाई मध्य नजर गरेर स्लो गीत मात्रै गाउदैनौ, दर्शक लाई कार्यक्रम अबधि भर बाधेर राख्ने रमाइला गीत पनी छन,त्यों हाम्रो कर्तब्य पनी हो, प्रस्तुति बेजोड़ हुन्छ |

 

प्रसंग हजूरहरुको गीतको जोड्न मन लाग्यो “ हजार जुनी सम्म खोजी बसे तिमी लाई ,माया मेरो युग युग सम्म तिमी लाई दिए तिमी लाई.. दाई र मनिला दीदीले गाउनु भएको यो गीत , आज दर्शक स्रोता जो जापानमा हुनुहुन्छ लामो समय देखि पर्खेर बसी रहनु भएको छ, उहाहरुको माया त युग युग सम्म छ, यहाँहरुको पनी सायद पछि सम्म नै रहनेछ, जापानमा कती ओटा र कुन-कुन गीत प्रस्तुत गर्दै हुनुहुन्छ केही तयारी भएको छ र ?

 

हाम्रो चर्चित गीतहरु मध्य बाट प्रस्तुत गर्छौ, जस्तो ..माया नमार देखि लिएर,कहा पोखिन्छ आंसू , आधी बाटो ,तिमी बिना बाँच्न गाह्रो भो,वारी खोला पारी खोला ,छीन छीन मै हास्न मन लाग्छ ,हजार जुनी सम्म ,आज तिम्रो कुरा चल्यो ..मुटु भित्र छुरा चल्यो ..यी गीतहरु हामी प्रस्तुत गर्ने छौ | हामी हाम्रो गीतहरु मात्रै २०-२२ ओटा प्रस्तुत गर्छौ , र दर्शकलाई थप स्पेशल भनेर लोकगीतहरु प्रस्तुत गर्ने हाम्रो योजना छ | हामी नेपालीहरु नाच्न रमाउछौ ..त्यसैले नाच्न मिल्ने गीत प्रस्तुत गर्ने प्रयत्नमा हामी छौं |

 

 

उदय र मनिला भन्ने बित्तिकै रोमान्टिक गीत गाउने, र उदयले गाउने गीत मनिलाका निम्ति ,र मनिलाका गीत उदयका लागी भन्ने लाग्छ हामी लाई यो के हो अली स्पस्ट पारिदिनुस न !

 

अ ,बिशेष मैले मनिलाका निम्ति गाउने र उसले उदयका निम्ति गाउने हो, दर्शक पनी त्यस्तै नै आउनु हुन्छ , एक अर्कामा माया प्रीती गांसेर आउने दर्शकहरु लाई पनी मिल्ने गीतहरु हुन यी | हामीले गएका गीत उहाँहरुको पनी जीबनमा हु-बहु लागू हुने भएकोले हाम्रो जीबनमा पनी मेल खाएको पक्कै हो | र संग-संगै उहाँ जसरी आउनु हुन्छ त्यसरी नै अझै धेरै माया साटेर फर्कनु हुनेछ ..हामी ढुक्क छौं |

 

तिमी बाटो तीमी यात्रा तिमी मेरो जिन्दगी , तिमी बाट शुरू हुन्छ मेरो खुसी उन्नति” साच्चिकै मनिला र उदयको भेट भए पछि अर्थात सम्बन्ध जोडिए पछि जिन्दगीका उन्नति र प्रगतिको बारेमा संक्षेप मा भनिदिनुस न ..!

 

हो आधी बाटो मै भेट भयो हाम्रो त्यसैले यो गीत हाम्रो लागी एकदम मिल्छ | उसको साथ पारे , उसले जून प्रेम गर्छ गर्थ्यो त्यों नै ठुलो कुरा हो | उसले मलाई स्वीकार गर्यो मैले उसलाई स्वीकार गरे …त्यसैले आधी बाटोको आरोहण अब हामी दुई जना मिलेर नै गर्ने हो , गरिन्छ हाम्रो माया प्रेम प्रगाढ़ छ |

 

नेपाली गीत संगीत लाई माथी पुर्याउन को लागी निकै लामो समय पछि क्रियाशील हुनुहुन्छं , जापानका दर्शक/श्रोताहरु माझ प्रस्तुत गर्दै गर्दा , माया त टाढाको राम्रो कम से कम चोखो त हुन्छ….यो चाहि किन ?

 

सायद यो त श्रीमान श्रीमती बिच लागू नभएता पनी प्रेमी-प्रेमिका बिच राम्रो हुन्छ जून कबिले लेख्नु भएको हो, मिलेको, संयोग मात्र हो |

 

नेपालमा बस्नु हुन्छ , यहा पनी निरंतर कार्यक्रम प्रस्तुत गर्नु हुन्छ , पछिल्लो क्रम बिदेशमा नेपालीहरु बिच पनी, त्यसैले माया त टाढाको राम्रो भने जसरी दर्शक पनी टाढाको राम्रो भन्यो भने के हुन्छ ?

 

हा हा हा..टाढा नजिक भन्ने हुदैन हामीलाई सबै बराबर हो हाम्रो निम्ति | सबैले समान माया गर्नु हुन्छ | तर टाढाको मान्छेहरु सग सधैं भेटघाट नहुने हुदा एक्साइटमेंट भने हुन्छ , प्रस्तुति लाई लिएर |

 

जापान जानेकुराले कत्तिको एक्साइटेट हुनुहुन्छ ?

ख़ासमा हामीहरु पहिलोपल्ट जापान जान लागेको हामी सो म, हामी धेरै एक्साइटेट छौ | ओसाका र टोकियो दुई ठाउमा कार्यक्रम हुने भएकोले पनी |

 

फेरी एउटा कुरा चल्यो , मुटु भित्र छुरा चल्यो …..बल्ल बल्ल भरेको घाऊमा फेरी नया चिरा पर्यो ,कहिलेकांही यस्तो भएको छ की छैन ?

 

अबश्य भई हाल्छ नि उतार-चढाब,माया,काम,खुसी,दुख भनेको मानव जीबनमा हुने घट्ना नै हो सो पक्कै पनी उतार चढ़ाब भैहाल्छ नि |

 

ख़ास गरी गायक गायिकाहरुले गाउने गीतहरु प्राय कलाकारहरुको आफ्नै कथा/ब्यथा पनी हुने गर्छ भन्छन नि, हामी लाई यस्तो लाग्छ यहाँहरुले गाउने गीत अक्सर नेपालीको कथा ब्यथा हुने गर्छन, तपाइले आफुले श्रोता दर्शक बाट पाएका प्रतिक्रयाहरु बताइदिनुस न !

 

हो , दर्शक श्रोता हरुले धेरै माया/ प्रेम गर्नु हुन्छ, हामी एकदम कम मात्र बिदेश जान्छौ , उहा हरु ब्यस्त हुनुहुन्छ, हामी लाई भेट्न पाउनु हुन्न बिदेशमा तर पनी माया गर्नु हुन्छ..खासै नकारात्मक प्रतिक्रिया पाइदैन |

 

सात भंज्याग भनेपनी त्यही पनी चढुला , तिम्रै लागी हो भने तिमी लाई ज्यानै दिईदिउला , दर्शकको लागी हो भने तपाई के गर्न तयार हुनहुन्छ ?

 

हां हां हां , उहाहरुको फरमाईस लाई मध्यनजर गरेर कार्यक्रम गर्ने छू |

 

देशको परिस्थिति हेरेर जापानमा नेपालबाट गएर काम गर्दै गरेका , पढ्दै गरेका नेपालीहरु लाई राष्ट्र प्रतिको सन्देश के रहनेछ ?

 

जहां बसे पनी , नेपालमा बसे पनी बिदेशमा बसे पनी नेपाली गीत संगीत लाई माया गर्नुहोस , राष्ट्र प्रतिको उत्तरदायित्व पूरा गरौ , देश लाई नेपाली माटो लाई भुल्नु भएन …|

 

माया नमार , माया नमार ..टाढा नजाऊ मलाइ एक्लो पारेर ..मनिला उदय छुट्टीएर  टाढा जादा कस्तो लाग्छ ?

 

ख़ास गरी यो गीत हामी लाई भन्दा पनी बिदेश बसने नेपाली जो आफ्नो परिबार छोडेर बसिरहेका छन , उनिहरु लाई मध्य नजर गरेर गीत बनाए जून आज चर्चित पनी भयो …..

 

तपाईले बनाउनुभएको यो गीत ले मन छूने ..जो आफ्नो परिबार नेपाल छोडेर बिदेश बसेका नेपालीहरुको निम्ति यो गीत बिशेष कोसेलि हुनेछ हैंन ?

 

हो हो हो ..बिदेशमा बस्ने नेपालीहरु लाई हेरेर बनाएको यो गीत …..पक्कै पनी …कोसेली हुने छ ..

 

अन्त्यमा के भन्न चाहानु हुन्छ ?

सुरुमा, तपाईको नेपाल जापान डट कम हृदय देखि धन्यबाद साथमा जापानमा रहने सम्पूर्ण नेपाली दाजू भाई दीदी बहिनीहरुलाई ओसाका र टोकियोमा हुने कार्यक्रममा उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौ, ख़ास गरी हामीले गीत त गाउने छौ नै साथमा गरीब असहाय पर्बतका अपांग ५ दीदी बहिनीको निम्ति पनी सहयोग गर्ने कार्यक्रम हो, जापानबासी नेपालजापान हेर्ने सम्पूर्ण नेपाली लाई उहाहरुलाई हार्दिक आमंत्रण गर्न चाहन्छौ |

 

 

 

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More