देशभरका सवारीसाधन सजिने भए भ्रमण वर्षको स्टिकर र लोगोले

14 November, 2019 18:49 |कर्पोरेट/पर्यटन | comments | 7950 Views

    सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक घोषणा हुन केही साता मात्र बाँकी रहँदा यसको देश विदेशमा व्यापक प्रचार सुरु भएको छ । यसै क्रममा बिहिबारदेखि देशभर संचालित सवारीसाधनमा यसको प्रचार सामग्रीले सजाइन सुरु गरिएको छ ।

    adsads

    देशभर संचालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरुमा नेपाल भ्रमण बर्ष २०२० को स्टीकर र लोगे बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यातायात ब्यबसायीहरुलाई बितरण गरेर शुभारम्भ गर्नुभएको छ ।

    त्यसै गरी उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई भ्रमण बर्षका बारेमा तालिमको ब्यबस्था गरिने छ भने सार्वजनिक यातायातका यात्रु तथा चालक तथा सहचालकलाई सरसफाईमा चेतना जगाउन १०० जना स्वयमसेवक परिचालन गरिने छ ।

    यी कामको समन्वय पर्यटन मन्त्रालयमा भ्रमण वर्ष सचिवालय पर्यटन बोर्ड, स्थानीय तह, यातायात ब्यबसायी राष्ट्रिय महासंघ, ट्रेड युनीयन, ट्राफिक लगायतले गर्ने छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More