दैनिक पत्रिकाको युग समाप्त- अनलाइनको युग सुरु : जिम्मेवार बन्न सुझाव

24 June, 2019 21:22 | सूचना/प्रविधि | comments | 12000 Views

प्रदेश नम्बर १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले अब दैनिक पत्रिकाको युग समाप्त भै पाठकहरु अनलाइनमा सक्रिय हुने समय आइसकेकाले अनलाइनलाई विश्वसनीयका साथ अगाडि बढाउनु पर्ने सुझाव दिनुभएको छ ।

सूचना प्रविधिको विकासले पत्रकारिता जति सजिलो बनाएको छ उति गैरजिम्मेवारपन पनि बढिरहेका बेला प्रदेश १ मा विकास र समृद्धिमा छिटो सूचनाका लागि अनलाइन मिडियाहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा उहाँले सो सुझाव दिनुभएको हो ।

adsads

अनलाइन मिडिया समूहको आयोजनामा विराटनगरमा ” संघीय प्रदेश र स्थानीय तहको विकास समृद्धिमा छिटो सूचनाका लागि अनलाइन मिडियाहरुको भूमिका विषयक अन्तक्रियामा बोल्दै मन्त्री घिमिरेले अनलाइन मिडियाले छिटो सूचना प्रवाह गर्ने माध्यम बनेको हुनाले यसलाई थप सुधार गर्दै लैजानु पर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले यसका लागि प्रदेश सरकारबाट अरु सञ्चार माध्यम झै समानुपातिक बिज्ञापन तथा अनलाइन मिडियाकर्मीहरुलाइ थप तालिमको व्यवस्था गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले अब देश विकासमा सशक्त भूमिका निर्वाह गर्न अनलाइन मिडियाको बिशेष योगदान रहने बताउनु भयो ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले अनलाइन सञ्चार माध्यमलाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताउनु भयो । उहाँले उद्योग संगठन मोरङसंग सहकार्य गरि अनलाइन मिडिया समूहलाई अगाडि बढाउन २५ हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रविधिको विकास क्रम सगैँ भएको विकासलाई सबैले अबलम्बन गर्दै पेशागत मर्यादामा रहेर पत्रकारिता गर्न अनलाइन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

अनलाइन मिडिया समुहको मोरङ अध्यक्ष तेजेन्द्रबहादुर भण्डारीले फेसबुक सञ्जालले गर्दा अनलाइन पत्रकारिता बदनाम हुँदै गएको गुनासो गर्दै अनलाइन मिडियाको लागि चाहिने आवश्यक कानुनहरु पनि निर्माण हुनुपर्ने र अनलाइन मिडियाहरुलाई नियमन गर्ने निकायको आवश्यकता रहेको बताउनु भयो ।

सोसल मिडियाको दुरुपयोग, अनलाइन मिडिया कमजोर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!