दोरम्बामा सामूहिक हत्या गरिएका १९ जनाको प्रतिमा बन्यो

18 August, 2019 14:40 |राजनीति | comments | 14700 Views

    २०६० साल साउन ३२ गते तत्कालीन सरकार र माओवादीबीच शान्ति वार्ता चलिरहेका बेला रामेछापको दोरम्बामा १९ जनाको हत्या भयो । यो हत्याकाण्डको १६ वर्षपछि सोही स्थानमा मारिएका १९ जनाको प्रतिमा अनावरण गरिएको छ ।

    adsads

    त्यतिबेला दाङको हापुरेमा सरकार र माओवादीबीच वार्ता चलिरहेको बेला शाही नेपाली सेनाले दोरम्बामा तत्कालीन जनसरकार प्रमुख बाबुराम लामासहित १९ जनालाई नियन्त्रणमा लिई सामूहिक हत्या गरेको थियो । २०६० साल साउन ३२ गते भएको यो हत्याकाण्डपछि सरकार र माओवादीबीचको वार्ता भंग भएको थियो ।

    यो घटनामा संलग्न सेनाका तत्कालीन मेजर राममणि पोख्रेललाई सेनाले बर्खास्त गरेको थियो । दोरम्बामा मारिएकाहरुको स्मरणमा स्थापना गरिएको प्रतिमाको अनावरण नेकपाका केन्द्रीय सदस्य हितबहादुर तामाङले गरेका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!