दोस्रो जीतसंगै डिभिजन थ्रीमा कायम रहने लगभग पक्का

3 May, 2013 14:01 | खेल | comments | 35400 Views

बर्मुडामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गतको आफ्नो चौथो खेलमा नेपालले ओमानलाई २८ रनले पराजीत गरी दोस्रो जीत दर्ता गराएको छ । यो जीतसंगै नेपालको डिभिजन थ्रीमै कायम रहने लगभग पक्का भएको छ ।

 

  

बिहिबार रातिको खेलमा नेपालले ओमानलाई २८ रनले हराएको हो । यो जितपछि अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ र डिभिजन टुमा उक्लने सम्भावना पनि कायमै राखेको छ । नेपालले ४ खेलबाट ४ अंक जोडेको छ ।

 

ओमान विरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ढिलो पिचमा संयमित व्याटिङ गर्दै ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ६० रनको मध्यम स्कोर खडा गरेको थियो ।

 

नेपालको इनिङमा म्यान अफ दि म्याच ज्ञानेन्द्र मल्लले ३४, विनोद भण्डारी ३२, पारस खड्का २८ र शरद भेषवाकरले २७ रन बनाए । ओमानका मुनिस अन्सारीले ३ विकेट लिए । जवाफमा १ सय ६१ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलर सामु टिक्न नसकेपछि ४६ अ‍ेभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३२ रनमा समेटियो । नेपालका लागि सञ्जिव रेग्मी र वसन्त रेग्मीले २–२ विकेट लिए ।

 

नेपालले डिभिजन थ्रीमा अन्तिम खेल पुछारमा रहेको इटाली विरुद्ध खेल्ने छ । इटाली प्रतियोगितामा सबैभन्दा कमजोर टोलीको रुपमा देखिएको छ ।

 

नेपालले शनिबार इटलीलाई ठूलो अन्तरले पराजित गरे र अमेरिका बर्मुडासंग पराजित भए नेपालको शीर्ष दुईमा पर्ने सम्भावना हुनेछ । ४ खेलको समाप्तीमा अमेरिकाको ६ अंक छ भने नेपालको ४ अंक छ । गएराति अमेरिकालाई हराएको युगाण्डाको ८ अंक छ र डिभिजन २ मा बढुवा हुने पक्का भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More