द्रुतगतिमा अघि बढ्दै द्रुतमार्ग (फास्ट ट्रयाक)को काम (भिडियोसहित)

30 April, 2019 10:14 | अर्थ | comments | 28050 Views

नेपालको महत्वकांक्षी योजना हो काठमाडौं–तराई फास्ट ट्रयाक । लामो विवाद अनि बहसपछि यो सडकको निर्माण नेपाली सेनाले गरिरहेको छ ।

adsads

दक्षिणी छिमेकी भारत र उत्तरी चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको निर्माणको कामलाई समयभित्रै सम्पन्न गर्न नेपाली सेनाले झण्डै एक दर्जन स्थानमा शिविर खडा गरेर काम गरिरहेको छ ।

सेनाले यो परियोजना सुरु गरेको १९ महिना बितेको छ र यो समयमा द्रुतगतिमा काम भैरहेको छ । अहिले माटो काट्ने र भर्ने काम ७० प्रतिशत पूरा भएको छ । सरकारले २०७४ वैशाख २१ गते यो आयोजना निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो । २०७४ साउन २७ गते सेनालाई भौतिक पूर्वाधार मन्त्रालयले आयोजना हस्तान्तरण गरेपछि सेनाले काम थालेको थियो । काठमाडौँदेखि निजगढसम्मको दूरी ७६.२ किमिमा प्रतिघण्टा १ सय २० किमिको गतिमा सवारी साधनहरू गुड्ने योजना छ ।

काठमाडौंमा ४.९, ललितपुरमा ७.९, मकवानपुरमा ५६.७ र बारामा ७.६ किलोमिटर गरी कुल ७६.२ किलोमिटरको यो सडक निर्माण कार्य १० स्थानबाट आरम्भ गरेर समयमा सम्पन्न गर्ने सेनाको योजना छ ।

सेनाले निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर फास्ट ट्रयाक निर्माण गरिरहेको छ । तोकिएको समयसीमाभित्र नै सम्पन्न गर्ने लक्ष्यको साथ सेनाले आफ्नो सक्रियता बढाएको छ ।

यो द्रुतमार्गमा ९० ओटा पुल र तीनओटा सुरुङ बन्नेछन् । द्रुतमार्ग निर्माण गरिरहेको नेपाली सेनाले पहिलेको प्रस्तावमा पुनःविचार गर्दै केही स्थानमा सुरुङ बनाउने प्रस्ताव गरेपछि पुलको संख्या घट्ने भएको छ । पछिल्लो प्रस्तावअनुसार १.४ किलोमिटरको सुरुङ लेनडाँडामा प्रस्तावित छ भने अर्को सुरुङ ३.३ किलोमिटरको सुरुङ महादेवटारमा प्रस्ताव गरिएको छ ।

यसअघि, १.३७ किलोमिटर सुरुङ ठिंगन क्षेत्रमा प्रस्ताव गरिएको थियो । अन्य दुई स्थानमा सुरुङ थप हुने भएपछि पहिलेको प्रस्तावभन्दा ९ ओटा पुलको संख्या घट्ने भएको छ ।

पहिलेको प्रस्तावमा ६२ ठूला र अन्य साना पुल गरी ९९ पुल प्रस्ताव गरिएको थियो । पुलका लागिमात्रै विभिन्न ६ ओटा निर्माण कम्पनी सूचीकृत भइसकेका छन् । प्रस्तावित ७६।२ किलोमिटर लामो काठमाडौं–निजगढ द्रुतमार्गलाई १० भागमा विभाजन गरेर २८ कन्ट्याक्टरमार्फत् काम भइरहेको छ ।

द्रुतमार्गअन्तर्गत् ललितपुरको खोकना र बुङमतिमा जग्गा अधिग्रहण सम्बन्धी विवाद टुंगिएको छैन । बाँकी जग्गा अधिग्रहण गर्ने काम रक्षा मन्त्रालयमार्फत् भइरहेको छ ।

द्रुतमार्गमा पर्ने २० हजार २०९ रुखमध्ये १९ हजार ६४६ रुख कटान गरिसकेको नेपाली सेनाले जनाएको छ । आयोजना निर्माणमा नेपाली सेनाका एक हजार २०० सैनिक खटिएका छन् ।

सरकारले ४ बर्षमा काम सक्ने गरी फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिएको थियो । फास्ट ट्रयाक निर्माण निर्माण भएपछि नारायणगढ–मुग्लिन हुँदै काठमाडौं आउने सडकको तुलनामा काठमाडौं तराई फास्ट ट्रयाकबाट यात्रा गर्दा १ सय ६० किलोमिटर दूरी छोटो हुनेछ ।

सरकारले लामो विवादपछि फास्ट ट्रयाक निर्माण जिम्मा सेनालाई दिएको हो । सेनाले ६ दशकयता सानाठूला २८ सडक बनाएर सरकारलाई बुझाइसकेको छ । फास्ट ट्रयाक निर्माणको लागि करिब १ खर्ब १२ अर्ब लाग्ने बताइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More