द्रुतमार्गमा सुरुङ र ठूला पुलबाहेक सबै काम सेनाले गर्ने
बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक)को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनाले अब नयाँँ अवधारणाअनुसार गति अघि बढाउने भएको छ । सेनाको नयाँ अवधारणाअनुसार सेना आफैंले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पुलहरू आफैं निर्माण गर्ने भएको हो ।
विवादमा तानिएका योजना प्रमुखको कामबाट आयोजना ढिलो हुँदै गएपछि प्रधान सेनापतिले आयोजनामा व्यापक सुधार गर्दै नयाँ अवधारणामा सेना आफैँले काम गर्नेछ । योजना प्रमुखको पद रिक्त रहे पनि आयोजनाको काम अब दु्रत गतिमा लैजान सेनापतिले कडा निर्देशन आयोजनाका सम्बन्धित पदाधिकारीहरूलाई दिएका छन् ।
द्रुतमार्गको सडक फिलिङ र कटिङ सकिएका क्षेत्र करिब २५ किमी कालोपत्रे तत्काल थालिने र सँगै नाला, पर्खाल बनाउँदै लैजाने र बाँकी क्षेत्रमा पनि सडक फिलिङ, कटिङसँगै कालोपत्रे सँगै लैजाने जनाएको छ ।रुख काटने, सडक भर्ने र काट्नेमात्र काम गरेको सेनाले अब दु्रतगतिमा सेना आफैंले नयाँ कन्सेप्टमा कालोपत्रे, स–सना पुल, कल्भर्ट, वाल आफैं बनाउने योजनामा अघि बढिसकेको आयोजनाका को—अर्डिनेटर भरत खड्काले बताए ।
केही समय सुस्त देखिए पनि काम भइरहेको थियो र अब आयोजनाका धेरै जसो काम आफैले गर्ने भएपछि जसरी रुख काटने बेला २४ घण्टै सेना जुटेको थियो त्यसै गरी निर्माणमा पनि सेना त्यसैगरी जुट्ने उनले बताए ।सेनाले निजगढदेखि ८ं.५ किलोमिटर उत्तरतर्फ सडक पिच, कल्भर्ट र पुल निर्माण थाल्ने भएको छ । सिस्नेरीको कठिन स्थानमा निर्माण कम्पनीले पहाड फोड्नेदेखि सम्याउने काम सबै खोजेपछि सेना आफैँले ४ लेनलाई चिरा पारेर २ दुई लेनको बनाउने र फेरी चारलेन सँगै जोड्ने साथै फिलिङ भएका स्थानमा पिच गर्दै अगाडि बढ्ने र चोभारदेखी बाग्मती खोलासम्म फिलिङ, कटिङसंगै कालोपत्रे गर्ने खडकाले बताए ।
चार वर्षभित्र निर्माणको सम्पूर्ण काम सक्ने सर्तसहित २७ साउन ०७४ मा निर्माणको जिम्मा सेनाले पाएको थियो । सर्तअनुसार सेनाले २७ साउन ०७८ भित्र फास्ट ट्र्याक निर्माणको सम्पूर्ण काम सक्नुपर्नेछ । सेनाका अनुसार अहिले ५४.५१ किमि सडकमा फिलिङ, कटिङ, वाल, जमिन बाँध्ने काम भइरहेको छ । ‘माइनर कन्स्ट्रक्सन’को काम २७ साउन ०७७ सम्म सकिने सेनाले जनाएको छ ।
आजको कारोबार दैनिकमा खबर छ ।
द्रुतगतिमा अघि बढ्दै द्रुतमार्ग (फास्ट ट्रयाक)को काम (भिडियोसहित)
तपाईंको प्रतिकृया
ताजा समाचार
- न्यूज २४ टेलिभिजनका सुनसरी ब्यूरो प्रमुख काफ्लेमाथि कुटपिट
- अघिल्लो वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर खुम्चिने
- ५० लाख रुपैयाँ फिरौती नदिएपछि बम विस्फोट गराउने चारजना पक्राउ
- एजेण्डामा सहमति नभएपछि पौडेलपक्षको बहिष्कारकाबीच कांग्रेस बैठक
- सभामुख चयनमा तीनधार : उपसभामुख शिवमायाप्रति राष्ट्रपतिको चासो
- आइतबार सुरज मल्लको अन्त्येष्टि- उपस्थितिका लागि आव्हान
- राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९
- ‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
- ओशाका मेट्रो स्टेशनमा अनुहार पहिचानसहितको टिकट ढोका
- तीनहजार पाँचसय नौ मिटरको उचाईमा प्रेमगीत-३ को छायांकन (तस्वीरहरुसहित)
- साग सकियो- विदेशी खेलाडीको स्मृतिमा अझै छ पोखरा
- अशक्त ध्यानबहादुरको सहारा बनेको छ लोपोन्मुख पानी घट्ट
- कहिलेसम्म नेतृत्व खोजेर बसिरहने नेविसङ्घ ?
- पिपिएल- कसको भीडन्त कोसंग हुँदैछ ?
- आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा धुमधामसंग मनाइँदै
- आजको राशिफल– २०७६ मंसिर २६ गते बिहिबार
- गोकर्णेश्वरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार साहित्यमार्फत
- बैंक ह्याकमा सक्रिय विदेशी गिरोहलाई नेपाली एजेन्टको सहारा
- स्वर्ण पदक जित्ने खेलाडीलाई नौलाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा
- सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


