माओवादी केन्द्र माओवादी केन्द्र

  • माओवादी केन्द्र
  • माओवादी केन्द्र
  • माओवादी केन्द्र
  • माओवादी केन्द्र
  • माओवादी केन्द्र

धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र विजयी

22 September, 2017 19:57 | स्थानीय तह निर्वाचन | comments | 51600 Views

माओवादी केन्द्र

सिरहा धनगढीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।

हरिनारायण चौधरीले पाँच हजार ६८३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चलाल महतोले चार हजार ३०७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

  

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठले पाँच हजार ६१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै बिमलादेवी साह सोनारले चार हजार १०२ मत प्राप्त गर्नुभयो ।

त्यसै सिरहा सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् ।

केदारनाथ यादवले तीन हजार १५५ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनारायण यादवले दुई हजार २६७ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै अमलादेवी यादवले दुई हजार ९३७ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभाकुमारी यादवले दुई हजार ३२८ मत प्राप्त गर्नुभयो ।

यो सँगै एमालेले अहिलेसम्म सिरहाको दुई स्थानीय तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म सिरहाको पाँच स्थानीय तहमा विजयी भएको छ ।

त्यसै गरी महोत्तरी रामगोपालपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।

अशोक मण्डलले दुई हजार ९४४ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजाराम यादवले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दिनानाथ अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका सीतादेवी साहले दुई हजार ८९१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पुष्पादेवी महतोले दुई हजार ८५६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
माओवादी केन्द्र

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More