बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नवजात शिशु चोरी

11 July, 2019 23:10 |जन सरोकार | comments | 16200 Views

    एक महिलाले आफ्नो गर्भ खेर गएपछि अस्पतालबाट शिशु चारी गरेकी छिन् । समाचार अनुसार धरान उपमहानगरपालिका १५ माइती भई भारतीय नागरिकसँग विहे गरेकी लीला विकले आफ्नी भाउजुसँग मिलेर धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ दिनको शिशु चोरी गरेकी हुन् ।

    adsads

    भारतीय नागरिक चन्दन चौधरीसँग विहे गरी लक्ष्मी भारतको नयाँदिल्लीस्थित फरिदावादमा बस्दै आएकी थिइन् । गर्भवती भएको साढे २ महिनामा माइती धरान आएकी उनको गर्भ ४ महिनाको हुँदा खेर गएको थियो ।

    माइतीबाट दिल्ली फर्किँदा श्रीमानले बच्चाबारे सोधखोज गर्ने डरले उनले शिशु चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लक्ष्मीले अस्पतालबाट शिशु लिएपछि धरान उपमहानगरपालिका १५ बगरकोटमा आफ्नो माइतीघरमा भाउजु मिना लिम्बु विश्वकर्माको जिम्मा लगाएकी थिइन् । प्रहरी राति नै त्यहाँ पुग्दा घरको पश्चिमतर्फको कोठामा नवजात शिशु राखेको देखेपछि उद्दार गरी आमाको जिम्मा लगाएको हो ।

    प्रहरीले लीला र उनकी भाउजु मीना लिम्बु (बिक)लाई पक्राउ गरेको छ ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ कि बबिता र दीपनारायण महतोको छोरा जन्मिएको १३ दिन भएको थियो । बबिता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डको १४ नम्बर बेडमा उपचार गराइरहेकी थिइन् ।

    इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले दिएको जानकारी अनुसार बुधबार राति छोरासहित बबिता र विरामी कुरुवा आफन्त निदाएपछि १२ बजेर २५ मिनेटमा लक्ष्मीले शिशु उठाएक थिइन ।

    शिशु चोरी भएको खबर पाएपछि खोजी सुरु गरेको प्रहरीले विहान ३ बजेर १५ मिनेटमा शिशु आमाको जिम्मा लगाएको हो । लक्ष्मी केही दिनदेखि सुत्केरी र बच्चाको रेखदेखको बाहनामा अस्पतालको गाइनो वार्डमा बस्दै आएकी प्रहरीको भनाइ छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    फेसबुक

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!