धर्म, संस्कृति हाम्रो सभ्यता र सम्पन्नताको सूचक : राष्ट्रपति भण्डारी

11 August, 2020 12:00 | राजनीति | comments | 28950 Views

राष्ट्रपति विद्यादेवी भण्डारीले विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै भन्नुभएको छ- “ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पुर्याउने विश्वास लिएको छु ।”

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको राष्ट्रपतिले स्मरण गर्नुभएको छ । भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको राष्ट्रपतिले कामना गर्नुभएको छ ।

  

द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न बासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । राष्ट्रपतिले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना जागृत गरी हामी बीचको भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More