धादिङमा बोलेरो जिप दुर्घटना : १४ जना घाइते, चारको अवस्था गम्भीर

14 August, 2019 00:43 |जन सरोकार | comments | 13950 Views

    धादिङको ज्वालामुखी गाउँपालिका–३ अमराईमा मंगलबार भएको बोलेरो जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ पुगेको छ । चार जनाको अवस्था गम्भीर छ ।

    adsads

    धादिङबेँसीबाट मैदीतर्फ जाँदै गरेको बा१३च ५२३० नंको बोलेरो जिप दुर्घटना भएको थियो । घाइते सबै एउटै गाउँका भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । यात्रु र सामानले खचाखच भरिएको जिप उकालोमा गुड्न नसक्दा दुर्घटना भएको घाइते यात्रु पौषप्रसाद तिवारीले बताउनुभयो ।

    घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ ।

    बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More