धादिङ् समाज जापानद्वारा स्ट्रिट टु होम संस्थालाई भौतिक सामग्रीहरु हस्तान्तरणधादिङ् समाज जापानद्वारा स्ट्रिट टु होम संस्थालाई भौतिक सामग्रीहरु हस्तान्तरण

  • धादिङ् समाज जापानद्वारा स्ट्रिट टु होम संस्थालाई भौतिक सामग्रीहरु हस्तान्तरण

धादिङ् समाज जापानद्वारा स्ट्रिट टु होम संस्थालाई भौतिक सामग्रीहरु हस्तान्तरण

12 November, 2019 15:09 |जापान | comments | 6000 Views

    धादिङ् समाज जापानद्वारा स्ट्रिट टु होम संस्थालाई भौतिक सामग्रीहरु हस्तान्तरण

    टोकियो । धादिङ् समाज जापानले, सडक बालबालिकाहरु तथा असाहय व्यक्तिहरुलाई सहयोग गर्दै आएको संस्था (सडक बाट घर) स्ट्रिट टु होमलाई भौतिक सामग्रीहरु हस्तान्तरण गरेको छ ।

    adsads

    ‘सहयोगाक्षीलाई, क्षणिक केहि दान दिएर परनिर्भर र आशामुखि बनाउनु भन्दा शिप, शिक्षा र अवसर दिऊँ’ भन्ने संस्थाको अभियानलाई प्रेरणा र हौसला दिँदै, समाजले यस प्रकारको सहयोग हस्तान्तरण गरिएको हो । समाजका महासचिव बिमल श्रेष्ठका अनुसार, सहयोग स्वरुप २५ हजार रुपैँयाको कपडा राख्ने दराज ,१३ हजार रुपैँयाको स्कूल पोशाक, १० हजार रुपैयाँको तरकारी बेच्नका लागि ठेलागाडा तथा २३ सय ६० रुपैयाँको अभ्यास पुस्तिका(कापी) प्रदान गरिएको हो ।

    संचारकर्मी बिष्णु आचार्यको आह्वान पछि, जापानमा क्रियाशील अर्का संचारकर्मी राजन गौतमको पहलमा धादिङ समाज जापान ‘स्ट्रिट टु होम’संग जोडिन पुगेको हो । धादिङ् समाज जापानका संचार संयोजक समेत रहेका गौतमले समाजलाई गरेको प्रस्तावमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको स्वीकृति प्राप्त भएपछि, दशैँ तिहारको अवसरमा, संस्थाको अध्यक्ष कृष्ण प्रसाद खनाल तथा महासचिव स्वयं संस्थामा पुगि सो, सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

    अध्यक्ष खनालले भने -‘संस्थाको बारेमा सुनेको भरमा सहयोगको निर्णय गरेका थियौँ, संस्थामै पुगेर हेर्दा वास्तवमै सहि निर्णय गरेको महसुस भयो, संस्थाले निकै राम्रो काम गरेको रहेछ । धेरै सडक बालबालिकाहरुले आश्रयसंगै शिक्षा पनि पाईरहेका रहेछन् । त्यस्तै असाहयहरुलाई स्वआर्जन उन्मुख बनाएको रहेछ ।

    संस्थाकी व्यवस्थाप एवं संचालिका सुगिता शाहले सहयोगप्रति खुशी हुँदै भनिन् -‘परदेशी भूमिमा पसिना बगाएर नेपाल आमाको सेवामा समर्पित धादिड़ समाज जापानको सम्पूर्ण टिम प्रति अत्यन्त आभारी छौँ। जसले हामीले थाले सानो प्रयासमा मजबुद इप्टा थपिदिनुभएको छ । हाम्रा नानी बाबुहरूको लागि उहाँहरूले गर्नुभएको सहयोगले अत्यन्त ठूलो गुन लगाएको छ । धादिङ समाज जापानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुज्युहरु प्रति हृदयदेखि कृतज्ञ छौँ ।

    धादिङ् समाज जापानद्वारा आजिवन सदस्यता खुल्ला

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    धादिङ् समाज जापानद्वारा स्ट्रिट टु होम संस्थालाई भौतिक सामग्रीहरु हस्तान्तरण

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More