रोपाइँ महोत्सवमा उपप्रधानमन्त्री पोखरेल रोपाइँ महोत्सवमा उपप्रधानमन्त्री पोखरेल

  • रोपाइँ महोत्सवमा उपप्रधानमन्त्री पोखरेल
  • रोपाइँ महोत्सवमा उपप्रधानमन्त्री पोखरेल
  • रोपाइँ महोत्सवमा उपप्रधानमन्त्री पोखरेल
  • रोपाइँ महोत्सवमा उपप्रधानमन्त्री पोखरेल
  • रोपाइँ महोत्सवमा उपप्रधानमन्त्री पोखरेल

धान दिवसको नारा- ‘धान उत्पादनमा वृद्धि : आत्मनिर्भरता र समृद्धि’

28 June, 2020 21:40 | अर्थ | comments | 26850 Views

रोपाइँ महोत्सवमा उपप्रधानमन्त्री पोखरेल

यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सञ्चालन गर्न सरकारले निश्चित नियम तयार पारेको छ । यसअघि आ–आफ्नै परम्पराअनुसार रोपाइँ महोत्सव हुने गरेका थिए, तर यसपटक विश्वमा फैलँदै गएको कोभिड–१९ का कारण रोपाइँ महोत्सव सञ्चालन गर्न निश्चित नियम बनाइएको हो ।

सरकारले असार १५ (भोली) बाट नेपालमा औपचारिक रूपमा धान रोपाइँ सुरु गर्दैछ । खेतमा रोपार र लाठेबीच हिलो छ्यापाछ्याप तथा २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन नपाइने नियम बनाएको छ ।

  

‘धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि’ नाराका साथ सुरु हुन गइरहेको १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा २५ भन्दा बढी मानिस भेला हुनुपर्ने भए साना साना समूह बनाई रोपाइँ गर्नुपर्ने नियम बनाइएको छ । यद्यपि २५ भन्दा बढी रोपारबाट रोपाइँ गर्नुपर्ने भए एक अर्का बीचको दूरी ६ फिट कायम राख्नुपर्ने भएको छ ।

ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा धानको बीउ रोपेर औपचारिक रुपले १७औँ र रोपाइँ महोत्सवको आयोजना हुँदै छ । यसपछि नेपालभर औपचारिक रूपमा धान रोपाइँ सुरु हुन्छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन र जोगाउन धान रोपाइँ हुने स्थान वरपर गुणस्तरीय मास्क, सानिटाइजर र हात धुनका लागि साबुनपानीको व्यवस्था मिलाउनुपर्ने नियम बनाएको छ ।

रोपार तथा बाउसेको शरीरको तापक्रम तथा लक्षणको मापन गर्नुपर्ने तथा परीक्षण गर्दा १०० दशमलव चार प्रतिशत ज्वरो आएमा रोपाइँमा संलग्न हुन रोक लगाउनुपर्ने मापदण्ड तय गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । हालको जनसङ्ख्या (झण्डै तीन करोड) जनतालाई पु¥याउन ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । तर नेपालको उत्पादन भने जम्मा ५५÷५६ लाख मेट्रिक टनमा सीमित रहेको छ । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । धान गै्रमिनी (घाँस) प्रजाति अन्तर्गतको बाली हो ।

कृषि विभागका महानिर्देशक काञ्चनराज पाण्डेले नेपालीहरूको भातै मात्र खाने ‘भाते‘ संस्कृतिका कारण चामलको आयातमा वृद्धि भएको बताउनुभयो । हाल नेपालले प्रतिवर्ष रु ३० अर्बको चामल आयात गर्दै आएको छ । नेपालीको क्रयशक्तिमा भएको बढोत्तरीका कारण पिठोको सट्टा चामल खाने आदत बढ्दै गएको छ । फलस्वरुप मसिना तथा बास्नादार (बास्मती) चामलको आयातमा वृद्धि हँुदै गएको तथ्याङ्क छ ।

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालको सबै जिल्लामा धान रोपाइँ हुन्छ । हालसम्म उच्च, मध्य पहाड र तराईमा गरी दुई लाख ७५ हजार, २९ हेक्टर जमीनमा रोपाइँ सम्पन्न भइसकेको छ । यस वर्ष पनि गत वर्ष जस्तै किसानले समयमा नै रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । नेपालमा रासायनिक मल चीन र खाडी मुलुकबाट आयात हुन्छ । यतिखेर लाखाँै टन मल कलकत्ता बन्दरगाहमा अड्किएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

विश्वमा खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । झण्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो । धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा समेत महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
रोपाइँ महोत्सवमा उपप्रधानमन्त्री पोखरेल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More