धितोपत्र बजारमा दैनिक नयाँ रेकर्ड : दुई दिनकै कारोवार रकम झण्डै १२ अर्ब
नेपाली धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । यस क्रममा आइतबार र सोमबारको कारोवार १२ अर्ब रुपयाँको हराहरीमा रहेको छ । पछिल्ला दिनमा बन्द अवस्थामा रहेका होटल उपसमूहको शेयरमा लगातार वृद्धि भइरहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कम परिमाणका शेयर भएका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका कारण नेप्सेमा उच्च अङ्कको वृद्धि भएको छ । यस्तै, कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको छ ।


नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ मा खरिद बिक्री भए । कारोवार रकममा आज भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो । यस्तै, आज कूल १९९ कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर रु चार अर्ब ७६ करोड २७ लाख चार हजार ६११ मूल्यमा कारोवार भयो ।
स्टकका अनुसार नेप्से आज २.३८ बिन्दुले घटेर एक हजार ७८०.४३ मा ओर्लेको छ । नेप्सेको सुधार आज रोकिएको भए पनि कारोवार रकम भने झण्डै साँढे चार अर्ब माथि रहेको छ । आज ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ अङ्कले ओरालो लागेर ३४४.९५ मा झरेको छ ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने आरोलो लागेको छ । बैंकिङ ६.०५, व्यापार २९.१७, होटल ७६.६९ र उत्पादन १३३.९८ बिन्दुले बढेको छ । कारोवारको प्रवृत्ति हेर्दा आज पनि कोरोनाका कारण बन्द भएका होटल उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । विशेष गरी सोल्टी होटल, ¥याडिसन (ओरन्टल )होटलको शेयर मूल्यमा वृद्धि भएको छ । ती दुवै होटल चालू आवको पहिलो त्रैमासमा घाटामा रहेको विवरण सार्वजनिक भएपनि शेयर बजारमा भने सकारात्मक देखिएको छ ।
ओरालो लागेका उपसमूहमा विकास बैंक १.८१, जलविद्युत् १.७५, वित्त १.७६, निर्जीबन बीमा १२५.९७, अन्य १६.०७, लघुवित्त २०.९१, जीवन बीमा १८२.४ र सामूहिक लगानी कोष ०.१७ बिन्दु रहेका छन् । यसैगरी कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३० करोड २२ लाख सात हजार ४६३ बराबरको कारोवार भयो ।
यस्तै, नेपाल पुर्नबीमा कम्पनी रु २९ करोड ३० लाख ३३ हजार ७४१, हिमालयन डिस्टिलरी रु २८ करोड ९७ लाख सात हजार २७९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड २१ लाख २१ हजार ५१६, प्राइम बैंक रु १७ करोड २१ लख दुई हजार ७०५, एनआइसि एशिया बैंक रु १४ करोड ७९ लाख ७५ हजार ८०८, प्रभु बैंक रु १३ करोड ६१ लख ६९ हजार ८५८ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रु १३ करोड ४४ लाख ७८ हजार ५२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै कारोवारका आधारमा आज एचआइडिसिएल ९.९२, हिमालयन डिसिटलरी ९.४५, जानकी फाइनान्स ६.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ५.५६, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए । यस्तै, एनआइसि एशिया व्यालेन्स फण्ड ४.५४, सिटिजन म्युचुअल फण्ड ४.३१, गुडविल फाइनान्स ४.०७, नेशनल माइक्रोफाइनान्स ३.८५ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३.६७ गुमाए ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
- शैक्षिकसत्र जेठसम्म लम्ब्याउने शिक्षा मन्त्रालयको तयारी
- घोषणा गरेकै समयमा चुनाव हुनेछ : प्रधानमन्त्री ओली
- “आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आए पार्टी एकता जोगाउन सकिने”
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
- अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
- हत्याको आशंकामा आर्यघाटबाट जल्दै गरेको शव प्रहरीद्वारा बरामद
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


