धितोपत्र बजारमा बिहिबार पनि नयाँ उचाइ कायम- साढे सात अर्बको कारोवार
धितोपत्र बजारमा बिहिबार पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार रकमसमेत नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १८.४३ बिन्दुले उकालो लागेर एक हजार ८९३.२४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले वृद्धि भई ३६५.१८ मा पुगेको छ । साताको शुरुआतदेखि नै उकालो लागेको नेप्से साताको अन्तिम दिनमा उकालो लागेर नै बन्द भएको छ ।
कूल २०१ कम्पनीको एक करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर रु सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ मूल्यमा कारोवार भयो । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३७.७६, जलविद्युत् ६.८२, उत्पादन ०.०९, अन्य १५.३६ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार १३०.६६, होटल ४३.६५, विकास बैंक ८.३५, वित्त ५.८७, निर्जीबन बीमा १६५.०१, लघुवित्त १६.६५, जीवन बीमा १३४.३२ बिन्दुले ओरालो लागेको छ ।


कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५८ करोड १३ लाख १७ हजार १७८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, नविल बैंक रु ३८ करोड ३४ लाख ४१ हजार ४०१, शिवम् सिमेन्ट रु २८ करोड ९१ लख ९५ हजार ५३२, नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड २७ लाख ३८ लाख १३०, नेपाल बैंक लिमिटेड रु २५ करोड ५१ लाख ६८ हजार ३०, प्रभु बैंक रु २२ करोड ७४ लाख २५ हजार ४६०, हिमालयन डिस्टिलरी रु २२ करोड १२ लाख ६४ हजार १३५, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ८७ लाख ८७ हजार र कुमारी बैंक रु १७ करोड ६३ लाख १४ हजार ७५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
आज कारोवार भएकामध्ये ४८ कम्पनीको शेयर उकालो लागेको छ भने ११७ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै, सात कम्पनीको शेयर भने स्थिर रहेको छ । कारोवारका आधारमा एनएमबी माइक्रोफाइनान्स १०, पाँचथर पावर कम्पनी ९.९५, हिमालयन ऊर्जा विकास कम्पनी ९.७९, आँखु खोला जलविद्युत् कम्पनी ९.५९, नविल बैंक ८.८६, कुमारी बैंक ६.५६, नेपाल बङ्गलादेश बैंक ५.६२, चिलिमे जलविद्युत् कम्पनी ५.४१ र नेपाल पुनरबीमा कम्पनीका लगानी कर्ताले ५.१० प्रतिशतले कमाए ।
यस्तै, साल्ट टेडिङ कर्पोरेशन ६.१८, ङादी ग्रुप अफ पावर ५.८८, बोटलर्स नेपाल तराई ५.६७, सांग्रिला डेभलपमेन्ट बैंक ५.३४, मल्टीपर्पोज फाइनान्स कम्पनी ४.९२, कर्णाली डेभलपमेन्ट बैंक ४, रिडी हाइड्रोपावर ३.९३ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
- शैक्षिकसत्र जेठसम्म लम्ब्याउने शिक्षा मन्त्रालयको तयारी
- घोषणा गरेकै समयमा चुनाव हुनेछ : प्रधानमन्त्री ओली
- “आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आए पार्टी एकता जोगाउन सकिने”
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
- अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
- हत्याको आशंकामा आर्यघाटबाट जल्दै गरेको शव प्रहरीद्वारा बरामद
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


