नक्कली धरहराका अगाडि बन्दैगरेको सक्कली धरहरा (फोटो फिचर)

15 May, 2020 18:30 | फोटो फिचर | comments | 42150 Views

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त भएको काठमाडौंको गौरब धरहरा (भिमसेन स्तम्भ)को पुनःनिर्माणकार्य लकडाउनका कारण रोकिएको छ । लामो समयको विवादपछि बल्लबल्ल सुरु भएको धरहरा पुनःनिर्माण यसै वर्ष सकिने योजना थियो ।

तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको पुनःनिर्माणको कामले पछिल्लो समय तीब्रता पाएको थियो । भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुननिर्माणका लागि २०७५ पुष महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

  

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुने छ । धरहरामा बगैंचा, संग्राहलय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थल समेत रहनेछन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More