नक्कली ब्लुबुक र चोरीको मोटरसाइकलसहित चार जना पक्राउ

22 July, 2019 00:06 | जन सरोकार | comments | 9450 Views

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले नक्कली ब्लुबुक र चोरीको मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का १९ वर्षीय बालकृष्ण विश्वकर्मा, काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–५ का १९ वर्षीय राकेश लामा, सोही ठाउँका २१ वर्षीय फुर्साङ लामा र तिमाल–९ का २४ वर्षीय दावा लामा रहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो ।

adsads

उनीहरु मोटरसाइकलको नक्कली ब्लुबुकसहित पक्राउ परेका हुन् । यस्तै प्रहरीले मध्यपुरथिमि–१ लोकन्थलीबाट हराएको बा ७ प ५४७१ नं को मोटरसाइकलसहित गाईघाट घर भई हाल ललितपुरको टिकाथली बस्ने १९ वर्षीय दीपक थापामगर र सिन्धुपाल्चोक तौथली घर भई हाल ललितपुरको टिकाथली बस्ने २१ वर्षीय कुमार नेपाललाई पक्राउ गरेको छ ।

यसैगरी प्रहरीले मध्यपुरथिमि–४ क्षयरोग अस्पताल नजिकबाट बा १ ख ८९१० नं को बसमा यात्रुको झोला लुटेर भाग्दै गरेका ओखलढुङ्गाको चम्पादेवी–१ का २१ वर्षीय गोपाल कार्कीलाई पक्राउ गरेको छ ।

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!