नगरको गौरबको आयोजना गोकर्ण उद्यान : मेयर चालिसे

21 October, 2019 18:17 |जल/वातावरण/स्वास्थ्य | comments | 4650 Views

    गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वर नगरको गौरवको आयोजनाका रुपमा गोकर्ण उद्यानलाई अघि बढाइने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका र गोकर्णेश्वर नगरपालिकाले संयुक्त रुपमा गोकर्ण उद्यान निर्माणको शिलान्यास गर्दै मेयर चालिसेले सो कुरा बताउनुभएको हो ।

    adsads

    ऐतिहासिक, धार्मिक, पौराणिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा रु तीन करोडको लागतमा निर्माण गर्न लागिएको सो उद्यान नेपाल सरकारले राष्ट्रिय शहीद स्मारक निर्माण गरिरहेको सामुदायिक वनमै यो उद्यान निर्माण गर्न लागिएको हो ।

    उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा महानगर र नगरपालिकाले रु एक÷एक करोड बजेट विनियोजन गरेका छन् । बाँकी रु एक करोड आगामी आवमा विनियोजन गरिने नगरपालिकाले जनाएको छ । सोही अवसरमा काठमाडौँ डिभिजन वन कार्यालयका प्रमुख अनिल रेग्मीले सामुदायिक उद्यमशीलता केन्द्र पनि शुभारम्भ गर्नुभयो ।

    उक्त कार्यालय र यज्ञडोल सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा उक्त केन्द्र बनाउन थालिएको हो । दुबै संस्थाको रु तीन लाखको लागतमा केन्द्रमा काठका सामग्री बनाउन थालिएको सामुदायिक वनका अध्यक्ष सिग्देलले राससलाई बताउनुभयोे । कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँकी सदस्य सान्नानी लामाले उद्यान र स्मारक निर्माण समयमै सकिनुपर्नेमा जोड दिनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!