नदीमा पौडी खेल्ने क्रममा झापाका २२ वर्षीय सापकोटाले गुमाए ज्यान

29 May, 2020 12:15 | जापान | comments | 66000 Views

जापानमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । बिहिबार तोचिगी केनको उचुनोमियामा पौडी खेल्ने क्रममा झापाका २२ वर्षीय सापकोटा थरका नेपाली युवाको मृत्यु भएको हो ।

सन् २०१८ मा विद्यार्थी भिषामा जापान आएका सापकोटा उनी बिहीवार अपरान्ह ३ बजे स्थानीय खिनुगावा नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि उनीसँगै पौडी खेल्न गएका साथीहरुले खोजी गर्दा पत्ता नलागेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले दुई घण्टाको खोजपछि उनलाई मृत अवस्थामा खोलाबाट उद्धार गरेको थियो ।

आफ्ना ९ जना साथीसँगै बारबीक्यु गर्न गएका सापकोटा साथीहरु खोला किनारमा रहेको बेला पौडी खेल्न नदीमा हामफालेका थिए । उनको शवलाई अहिले प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । प्रहरीले स्थानीय समय साँझ साढे ७ बजे उनको मृत्यु भएको जनाएको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More