नयाँपाटीमा चतुर्युगीन पूर्णावतार मन्दिर बन्ने

21 October, 2020 17:05 | जन सरोकार | comments | 35250 Views

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. १ नयाँपाटीमा चतुर्युगीन पूर्णावतार मन्दिर एवं आश्रम निर्माण हुने भएको छ । बुधबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा मन्दिर तथा आश्रम निर्माणको भूमिपूजन गरिएको छ ।

भक्त वत्सल भगवान सदानन्द धाम आश्रम, सदानन्द भगवद् ज्ञान प्रचार परिषद नेपालले नयाँपाटीस्थित उत्तर क्षेत्रमा रहेको गराडालमा रामजानकी आधारभूत विद्यालय तथा रक्तकाली मन्दिरको प्रांगणमा सो मन्दिर तथा आश्रम निर्माण गर्न लागेको हो ।

  

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख चालिसेले गोकर्णेश्वर नगरपालिका धार्मिक पर्यटनको अथाह सम्भावनाको क्षेत्र भएको र आफूले नगरपालिकाभित्रै धार्मिक समिति बनाएर धर्म, संस्कृतिको रक्षा तथा मठ–मन्दिर संरक्षणमा लागि परेको बताउँदै यो मन्दिर निर्माणमा पनि नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सदानन्द भगवद् ज्ञान प्रचार परिषद नेपालका अध्यक्ष महात्मा दीपक घिमिरेको सभापतित्वमा समपन्न कार्यक्रममा मन्दिर तथा आश्रम निर्माण समितिका कोषाधयक्ष रीता रायमाझीले आश्रम निर्माणको सोचदेखि वर्तमानसम्म आइपुग्दाको अनुभव सुनाउनुभएको थियो । मन्दिर र आश्रम निर्माणका लागि करीब एक करोड रुपैयाँ लाग्ने अनुमानन गरिएको छ ।

निकट भविष्यमा महिला र पुरुषका लागि अलगअलग आश्रम, ज्ञानशाला तथा गोशाला निर्माण गर्ने लक्ष्य रहेको रायमाझीले बताउनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, वडा नं. १ का अध्यक्ष, समाजसेवी, बुद्धिजीवी लगायतले आश्रम र मन्दिर निर्माणमा पूर्णरुपमा सघाउने प्रतिबद्धता जनाएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More