नयाँ दिशानिर्देशन सहित नयाँ शैक्षिक सत्रका लागि विद्यालयहरु खोल्ने तयारी

25 March, 2020 15:06 | जापान | comments | 234900 Views

कोरोना भाइरस संक्रमणका कारण बन्द रहेका विद्यालयहरु पुनः खोल्नका लागि सरकारले नयाँ दिशानिर्देश जारी गरेको छ । मंगलबार शिक्षामन्त्री कोइची हागिउदाले अप्रिलबाट सुरु हुन नयाँ शैक्षिकसत्र संचालनको तयारी गर्न आव्हान गर्दै नयाँ दिशानिर्देश जारी गर्नुभएको हो ।

विशेषज्ञहरुको एक समितिले दिएको प्रस्तावमा आधारित सो दिशानिर्देशमा विद्यालयबाट संक्रमण बढाउने किसिमका तीन मुख्य परिस्थितिबाट बच्न आग्रह गरिएका छ ।

  

जसअनुसार बन्द र कम हावा प्रवाह हुने स्थान, मानिसहरुको भीड र नजिकै बसेर कुराकानी गर्नु रहेको छ ।

यस्तो स्थितिबाट बच्नका लागि सरकारी दिशानिर्देशमा विद्यालयमा हावाको प्रवाह कायम राख्नुपर्नेछ भने नजिकै बसेर कुराकानी गर्दा माक्स लगाउनुपर्ने तथा संक्रमित विद्यार्थी तथा संक्रमितको नजिकको सम्पर्कमा आएका विद्यार्थीलाई निष्काशन गर्ने प्रस्ताव गरिएको छ ।

मन्त्री हागिउदाले संवाददाताहसंग कोरोना संक्रमण हुन नदिने पर्याप्त सावधानी अपनाउँदै शिक्षा अधिकारीले विद्यालय पुनः खोल्ने तयारीमा रहको बताउनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More