नयाँ नक्सामा नेपाली भूमि नगाभिएको भारतको दावी

7 November, 2019 20:30 |विश्व समाचार | comments | 3450 Views

    शनिबार भारतले जारी गरेको उसको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई गाभेको नेपालको दाबीलाई अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ ।

    adsads

    भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालले पनि एकपक्षीय निर्णय अस्वीकार्य हुने बताएको भन्दै भारतको आधिकारिक धारणा मागेपछि भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सो दावी गरेको हो ।

    पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ र नक्सामा सीमा हेरफेर गरिएको छैन नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने बताए ।

    भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ । यसलाई लिएर चर्को विरोध भएपछि सरकारले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा स्वीकार्य नभएको बताएको थियो ।

     

    कालापानी जोगाउन नसके सुस्ता र अरु धेरै भूमि गुम्नेछ (भिडियोसहित)

    नेपाली भूमिमाथि भारतको अतिक्रमणको विषय अन्तर्राष्ट्रियकरण

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!