नयाँ सम्राटको शासनकालमा दुई देशको सम्बन्ध अरु मजबुत हुने राष्ट्रपति भण्डारीको विश्वास

1 May, 2019 12:28 | जापान | comments | 23400 Views

जापानका एक सय २६ औँ सम्राट नारुहितोलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । सम्राट अकिहितोले अप्रिल ३० मा स्वेच्छाले गद्दी त्यागेपछि मे १ मा युवराज नारुहितोले गद्दी सम्हाल्नुभएको हो ।

adsads

आफ्नो शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नयाँ सम्राटको गद्दी आरोहणसंगै जापानमा सुरु भएको नयाँ युग रेइवाको स्वागत गदै बधाई र शुभकामना दिनुभएको छ ।

सम्राट अकिहितोद्वारा गद्दीत्याग- नयाँ युगलाई सफलताको शुभकामना !

जापानस्थित नेपाली दुताबास मार्फत जारी शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले जापानमा आजै मात्र भएको नयाँ सम्राटको आगमनलाई स्वागत गर्दै नेपाल र नेपाली जनताको तर्फबाट बधाई तथा शुभकामना पठाउनुभएको हो ।

राष्ट्रपति भण्डारीले सन्देशमा वर्षौ पुरानो नेपाल र जापानबीचको मित्रता र सहयोग सम्बन्ध आगामी दिनमा अरु प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ- “सम्राट नारुहितोको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै जापान र जापानी जनताको सुख, शान्ति र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।”

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!