नर्वेमा कालापानीबाट भारतीय सेना फिर्ताको माग गर्दै प्रदर्शन

4 December, 2019 00:45 |एन आर एन न्युज | comments | 4200 Views

    गैरआवासीय नेपाली संघको आह्वानमा नर्वेको राजधानी ओस्लोस्थित प्रवासी नेपालीहरूले कालापानी लगायतका क्षेत्रबाट भारतीय सेना फिर्ता लैजानुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । गैर आवासीय नेपाली संघ नर्वे शाखाको आयोजनमा ओस्लोस्थित भारतीय दुतावासको कार्यालय बाहिर मंगलबार दिउँसो विरोध प्रदर्शन गरिएको हो ।

    adsads

    भारतले चीनसंगको सीमामा पर्ने रणनीतिक महत्त्वको उक्त क्षेत्रलाई लामो समयदेखि आफ्नो नियन्त्रणमा राखेकोले दबाब दिन उक्त विरोध प्रदर्शन आयोजन गरिएको बताइएको छ । गैर आवासीय नेपाली संघले संसारभरी रहेका उसका ८० भन्दा बढी शाखाहरूलाई भारतीय अतिक्रमणको विरोध गर्न आव्हान गरेको छ । यसअघि जापान, जर्मनी, बेल्जियम, स्विट्जरल्याण्ड, बेलायत लगायतका मुलुकमा पनि प्रवासी नेपालीहरूले त्यहाँस्थित भारतीय कूटनीतिक नियोगहरू सामु विरोध जनाएका थिए ।

    त्यस्तै सन् २०१५ को भूकम्पपछि भारतले नेपालविरुद्ध एकपक्षीय नाकाबन्दी लगाएपछि संसारभरी रहेका प्रवासी नेपालीहरूले स्वतस्फूर्तरुपमा विरोध जनाएका थिए।

    तर कतिपय आलोचकले भने कूटनीतिक माध्यमबाट समाधान गरिनु पर्ने सीमा विवादजस्तो विषयलाई अन्तर्राष्ट्रिय प्रचारको विषय बनाउन नहुने बताउँदै आएका छन्।

    तस्विर सौजन्य- जितेन्द्र शाही

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More