नवजात शिशुको हत्या अभियोगमा नेपाली युवती बेलायती अदालतमा पेश

9 July, 2020 17:57 | प्रबास | comments | 93600 Views

आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे, सन् २०१७ मा सो पार्कमा काम गर्ने एक कामदारले मर्मतसम्भारका क्रममा फेला पारेका थिए । कामदारले प्रहरीलाई खबर गरेपछि राईलगायत अन्य चार जनाविरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो ।

प्रहरीका अनुसार शिशुको टाउकामा गम्भीर चोट लागेको सन् २०१८ मा गरेको शव परीक्षण रिपोर्टले देखाएको थियो । अदालतमा उक्त शिशुलाई ‘यम’ नामले सम्बोधन गरिएको थियो ।

  

अगस्ट १९ तारिखमा थप सुनुवाइ गर्ने गरी अदालतले बिहिबार समय तोकेको छ । दोभाषेको सहयोगमा आफ्नो कुरा राखेकी राईले अदालतले आफूलाई तारिख दिन नमाने बताउनुभयो । न्यायाधीशले उहाँलाई आफ्नो पक्षमा वकालत गर्ने वकिलले थप कागजात बुझाएर पुन तारिखका लागि निवेदन दिनसक्ने जनाएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More