नवलपरासीको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना किनेको पौडेलको स्पष्टोक्ति

19 April, 2019 23:59 | जन सरोकार | comments | 33750 Views

सरकारी सम्पत्तिका रुपमा रहेको प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा रहेको जग्गा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले खरीद गरेको विषयमा उहाँले अर्को प्रस्टोक्ति दिनुभएको छ ।

महासचिव पौडेलमाथि अनेक आरोप लाग्न थालेपछि उहाँले दोस्रो विज्ञप्ति जारी गर्दै आफूले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको बताउनुभएको छ ।

  

शुक्रबार पौडेलद्वारा जारी विज्ञप्तिमा उहाँले जग्गा किर्ते प्रकरणबारे सरकारले छानबिन गरिरहेको र त्यसको निश्कर्ष आफूलाई स्वीकार्य हुने पनि बताउनुभएको छ ।

पौडेलले आफ्ना छोरा नविन पौडेलको नाममा २०६१ पुस २९ गते किनिएको ८ आना जग्गालाई लिएर विवाद आएपछि पौडेलले शुक्रवार साँझ वक्तव्यमार्फत जग्गा प्रकरणमा ६ बुँदे प्रष्टिकरण दिनुभएको हो ।

महासचिव पौडेलले गैरकानुनी रुपमा दर्ता भएका जग्गाको दर्ता बदर गरी सरकारको नाममा कायम गर्ने तथा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्ने सरकारको अभियानमा आफूले सघाइरहेको समेत जनाउनुभएको छ ।

विज्ञप्तिको पूर्णपाठ यस्तो छ-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More