नवलपरासीमा पक्राउ परे विप्लव समूहका विद्यार्थी नेता

14 April, 2019 19:47 |राजनीति | comments | 10050 Views

    सरकारले प्रतिबन्ध घोषणा गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरु व्यापक रुपमा पक्राउ गरिएको छ । आइतबार सो समूहका विद्यार्थी नेता नेता रमेश बस्याललाई पक्राउ गरेको छ ।

    adsads

    पछिल्लो समय राजनीतिकमा कमै सक्रिय रुपमा लागेका उनी नेकपाका जिल्ला सदस्य समेत थिए । आइतबार विहान प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट घरमा खाना खान लागेका बेला उनलाई पक्राउ गरेको हो ।

    प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुँदै पार्टी विभाजनपछि वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।

    बस्याललाई प्रहरीले निर्वाचन बहिस्कारको समय ताका पनि निगरानीमा राखेको थियो । सरकारले विप्लवको पार्टी नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लवका अधिकांश नेता कार्यकर्ता भूमिगत भए पनि बस्याल भने खुल्ला रुपमा बर्दघाटमा आफ्नै घर बस्दै आएका थिए ।

    उनलाई बर्दघाट बजारबाट नजिकैको घर खाना खान जाने क्रममा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

    अछाममा विप्लव समूह र प्रहरीबीच गोली हानाहान : चार कार्यकर्ता पक्राउ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!