दूध र मासु दूध र मासु

  • दूध र मासु
  • दूध र मासु
  • दूध र मासु
  • दूध र मासु
  • दूध र मासु
  • दूध र मासु

नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै

2 August, 2017 18:09 | जन सरोकार | comments | 201750 Views

दूध र मासु

नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । छ लाख ९० हजार जनसंख्या रहेको जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ६९ हजार १०५ मेट्रिक टन दूध उत्पादन भएको थियो ।

adsads

जिल्लामा औसतमा प्रतिव्यक्ति ९८ लिटर दूध पुग्ने अवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिव आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो मासु उपभोग गर्नुपर्ने देखिएको छ । उक्त मापदण्डलाई जिल्लाले पूरा गरेको छ । जिल्लामा गत आवमा १३ हजार ७१९ मेट्रिक टन स्वस्थ मासु उत्पादन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

पशुपन्छीजन्य वस्तुमा आत्मनिर्भर जिल्ला घोषणा गर्नका लागि भविष्यमा उक्त वस्तुको उत्पादनमा वृद्धि हुने आधार हुनुपर्ने, उपभोगका लागि अन्य जिल्लाबाट आयात गर्न नहुने र सो ठाउँका व्यक्तिले उक्त वस्तु उपभोग गर्नुपर्नेलगायत महत्वपूर्ण सूचक रहेका छन् ।

जिल्लालाई दूध र मासुमा आत्मनिर्भर जिल्ला घोषणा गर्नका लागि पर्याप्त मात्रामा उत्पादन भए पनि दूध र स्वस्थ मासु उपभोग गर्नमा सर्वसाधरण सचेत नरहेको, उत्पादन दरलाई कायम राख्न र वृद्धि गर्न पर्याप्त आधार नभएको तथा स्थानीय स्तरबाट आएको तथ्याङ्कसमेत यथार्थ यकिन हुन नसककाले दूध र मासुमा आत्मनिर्भर जिल्ला घोषणा गर्न नसकिएको कार्यालयले जनाएको छ ।

नेपाल अन्डा, मासुमा आत्मनिर्भर उन्मुख

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दूध र मासु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!