नवलपरासी समाज जापाननवलपरासी समाज जापान

  • नवलपरासी समाज जापान
  • नवलपरासी समाज जापान
  • नवलपरासी समाज जापान
  • नवलपरासी समाज जापान
  • नवलपरासी समाज जापान
  • नवलपरासी समाज जापान

नवलपरासी समाज जापानद्वारा बोनम्यारो पीडित बालकलाई आर्थिक सहयोग

18 June, 2019 16:33 |जापान | comments | 13950 Views

    नवलपरासी समाज जापानबोनम्यारो रोगबाट पीडित बालकलाई जापानस्थित नवलपरासी समाजले आर्थिक सहयोग गरेको छ । कावासोती नगरपालिका–२ निवासी ११ वर्षीय बालक निरज गौडेलको उपचारका लागि रोजगारीका सिलसिलामा नवलपरासीबाट जापान गएका नेपालीहरुको उक्त समाजले रु चार लाख २० हजार ५८६ प्रदान गरेको हो ।

    adsads

    समाजका सल्लाहाकार यादव केसी र महासचिव कृष्ण ढुङ्गानाको पहलमा जापानमा रहेका नवलपरासीका १३८ जनाबाट सहयोग रकम सङ्कलन गरिएको थियो ।

    सो सहयोग रकम कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले हस्तान्तरण गर्नुभएको हो । पीडित बालक निरोजको हाल दिल्लीस्थित गङ्गाराम अस्पतालमा उपचार भइरहेको छ । दुई महीनादेखि उपचारमा रहेका उनको उपचारका लागि करीब रू ५० लाख लाग्ने जनाइएको छ ।

    आर्थिक अभावका कारण उपचारमा समस्या भएसँगै स्थानीयस्तरमा निरोज बचाऊ अभियान नै सञ्चालन गरेर आर्थिक सङ्कलन थालिएको हो । उपचारका लागि हालसम्म रु १९ लाख दश हजार २३६ सङ्कलन भएको रकम सङ्कलन अभियानका सदस्य तथा मालपोत टोल विकास संस्थाका अध्यक्ष हरि न्यौपानेले बताउनुभयो ।

    बालकको उपचारका लागि अझै रकम अभाव भएको निरजका बुबा श्रीकृष्णले बताउनुभयो । उहाँले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा आग्रहसमेत गर्नुभएको छ । बोनम्यारोले काम गर्न छाडेपछि उनकी बहिनीको बोनम्यारो प्रत्यारोपणको तयारी गरिएकामा चिकित्सकले नमिल्ने बताएकाले औषधिबाटै बोनम्यारो सक्रिय गराउने प्रयास भइरहेको बुबा श्रीकृष्णले बताउनुभयो ।

    नवलपरासी समाज जापानमा गोपाल कंडेल चयन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नवलपरासी समाज जापान

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    फेसबुक

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!