नोट नोट

  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट

नवलपुर समाज दक्षिण कोरियाद्वारा मिर्गौलापीडितलाई सहयोग

15 March, 2019 13:45 | प्रबास | comments | 13350 Views

नोट

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१२ का दुवै मिर्गौलापीडित गणेश सापकोटालाई नवलपुर समाज दक्षिण कोरियाले सहयोग उपलब्ध गराएको छ । छत्तीस वर्षीय सापकोटालाई कावासोती–१३ का वडाध्यक्ष विनोदकुमार रानाको समन्वय तथा सम्पर्कमा कावासोती–८ निवासी नवलपुर समाज दक्षिण कोरियाका सचिव हेमराज चापागाईंले रु ५० हजार सहयोग उपलब्ध गराउनुभएको हो ।

वडाध्यक्ष रानाले नवलपुर समाज दक्षिण कोरियाको सामाजिक कार्यक्रमप्रति खुशी व्यक्त गर्दै मिर्गाैलापीडित सापकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । वैदेशिक रोजगारको क्रममा साउदीमा रहेका सापकोटा विदेशी भूमिबाटै मिर्गाैला रोगी भएर फर्केका हुन् । करीब आठ महीनाअघि नेपाल आएका सापकोटाले सबै नेपालीमाझ सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

  

नवलपुर समाज दक्षिण कोरिया कोरियामा काम गर्ने नवलपुरेको सङ्गठन हो । सामाजिक सेवामा काम गर्ने उद्देश्यले स्थापित यस सङ्गठनले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

पैसा कमाउने सपना बोकेर मलेसिया गएका विकास मिर्गौलापीडित भएर घर फर्के

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नोट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More