नवौ एनआरएन विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा

14 October, 2019 23:01 |एन आर एन न्युज | comments | 8250 Views

    गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नवौ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् प्रवक्ता भूषण घिमिरे सोमबार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिइएको हो ।

    adsads

    “म, मेरो एनआर एन ए र मेरो नेपाल” मूल विषयमा आधारित भएर नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन २०७६ असोज २८–३० गतेसम्म अर्थात १५–१७ अक्टोवर २०१९ मा काठमाडौंमा आयोजना गरिने छ ।

    विज्ञप्तिमा भनिएको छ– “विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई संघको संजालमा गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान अघि बढाउन संस्थागत संरचनाले सहयोग गरिरहेको एनआरएनएले सन् २००३ देखि २०१९ सम्म आइपुग्दा नेपालीहरूको उपस्थिति भएका ८० भन्दा बढी मुलुकमा संघको राष्ट्रिय समन्वय परिषदहरू गठन भएर अभियानमा सकृय छन् ।”

    “लामो राजनीतिक, सामाजिक संक्रमणको अन्त्यपछि मुलुकले संविधानमात्रै पाएको छैन काचुली नै फेरेको छ, समृद्धिको यात्रा सुरु गरेको छ । यस ऐतिहासिक समयमा हुन गइरहेको गैरआवासीय नेपाली विश्व सम्मेलनलाई हामीले विशेष महत्वका साथमा लिएका छौ“ । देशका सबै राजनीतिक दलहरू, सरकारी र गैरसरकारी संघसंस्थासहित सिङ्गो देश नै समृद्धिको नविन यात्रामा जुटेको अवसरमा हामीले पनि सहकार्य गर्ने मौका पाएका छौ“, जसले हामीलाई मातृभूमिप्रति थप अपनत्व र जिम्मेवारीबोध गराएको छ ।”

    संसारभरि छरिएर रहेका हामी सबै नेपालीहरू एकैसूत्रमा समाहित भई उत्साहका साथ हातमा हात मिलाएर सबै हात एकै साथ भन्ने मूलभावका साथ नेपालको समृद्धिको यात्रामा जोडिएका छौ“ । यो सम्मेलनले नेपालको यसै समृद्धिको यात्रामा दिशानिर्देश हुने एजेण्डामा बृहत छलफल गरी महत्वपूर्ण निष्कर्ष निकाल्नेमा हामी विश्वस्त छौ“ ।

    विज्ञप्ति अनुसार यस वर्षको विश्व सम्मेलन पनि विगतमाझैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गइरहेको छ । सम्मेलनको समुद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ भने समापान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीज्यूको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भइसकेको छ ।

    उक्त आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघ संस्थाका अध्यक्षहरू रहनु भएको छ । यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवनभट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलनको मूल विषय “म, मेरो एनआर एन ए, र मेरो नेपाल”मा आधारित भएर विभिन्न महत्वपूर्ण सत्रहरू चल्ने छन् । सम्मेलनमा नेपाल सरकार, राजनीतिक दल, उद्यमी व्यवसायीहरू, मुलुकको उद्योग व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नागरिक समाज, समाजसेवी र सञ्चारकर्मीहरुको सहभागिता रहने छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीहरु गरी करिव २ हजार ५ सयको सहभागिता रहने छ । यस वर्ष संघको नयां नेतृत्व समेत चयन हु“दैछ । सम्मेलन काठमाडौको होटेल हायात रिजेन्सीमा आयोजना गरिने कार्यक्रम छ ।

    निर्वाचन तालिका यस्तो छ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!