नव वर्षको दोस्रो महीनामै दयाहाङका तीन फिल्म आउँदै

2 May, 2019 14:08 | कला/मनोरन्जन | comments | 22800 Views

चिम्सा आँखा, मोटो शरिर अनि मनै छुने अभिनयले सबैको मनमा बसेका अभिनेता हुन् दयाहाङ राई ।  अभिनेता दयाहाङका यस नयाँ वर्षको जेठ महनिामा तीन वटा फिल्म प्रदर्शनमा आउन लागेका छन् ।

adsads

जेठ ३ मा जात्रै जात्रा, जेठ १० मा दयारानी र जेठ २४ मा आप्पा प्रदर्शनको डेट कुरेर बसेका छन् । यी तीनवटै उनले निकै ठूलो आश गरेका फिल्म हुन् ।

करीब ७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म लुट पछि अभिनेता दयाहाङले नेपाली फिल्ममा केही वर्ष राम्रै चर्चा कमाउन सफल भए । त्यसअघि उनले साना तिना रोल गरेरै आफ्नो फिल्म करिअर जेनतेन अगाडि बढाइरहेका थिए । ‘लुट’ उनको जीवनको टर्निङ प्वाइन्ट सावित भयो । त्यसपश्चात उनले आजसम्म करिअर पछाडि फर्केर हेर्नुपर्ने अवस्था सृजना भइसकेको छ । तर, उनले बिस्तारै आफ्नो साख भने गुमाउँदै गएका छन् ।

अब प्रदर्शनमा आउन लागेका तीन फिल्मले बक्सअफिसमा राम्रो अंक जोडे दयाहाङको स्टारडम फेरि उत्कर्षमा पुग्नेमा दुईमत छैन । नभए करिअर नै चौपट हुनेमा पनि शंका छैन । आशा गरौं, जेठ महिना उनका लागि सुखद रहनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

विप्रेषण आप्रवाह घट्दो

फेसबुक

विप्रेषण आप्रवाह घट्दो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!